June 6, 2017

को सुन्दर, को कुरूप?

ko-sunsar-ko-kurup-248x140

भरखरै नेपाली सुन्दरीको प्रतियोगीता भएछ। वधाई छ मनुष्यको अनि मनुष्यहरूमा पनि नेपालीहरूको गुणको आधिन सापेक्ष धरातलमा खरो उत्रेकी नारी शरीर प्राप्त जीवात्मा निकितालाई। तर निरपेक्ष धरातलमा सुन्दर को हो त? निरपेक्ष धरातलमा सुन्दरता भनेको के हो?  “सुन्दरता”को कुरा गर्दा एउटा अंग्रेजी चलचित्रको दृश्य याद आउँछ। दृश्यमा alien विमानको अवतरण हुंछ अनि विमानबाट अजंगको, मुखभरी सूढ़(tantacles) भएको हेर्दै घिन लाग्दो अनि डरलाग्दो परग्रही मानवको आगमन हुन्छ। सो परग्रहको मानवलाई स्वागत गर्न हाम्रो ग्रहको सुन्दर युवक चलचित्र नायक(Tom Cruise) अघि बढ्छन।

साधारण शिष्टाचारपछि ती परग्रहका हेर्दै घिनलाग्दो मानवले हाम्रो ग्रहका सुन्दर युवकलाई देखेर पहिलो वाक्य बोल्छन “uff How ugly you are!!!” अर्थात “उफ् कति कुरूप छौ तिमी!!!”। वास्तबमा कुरो के रहेछ भने त्यो हाम्रो नजरमा घिन लाग्दो कुरूप परग्रही मानव त उसको ग्रहको सबैभन्दा सुन्दर युवक अर्थात नायक पो रहेछ। उसको नजरले हाम्रो नाक,कानलाई अपांग-अविकसित सूढ़ देख्यो होला, हाम्रो आखा,खाने मुखलाई खोपिल्डो देख्यो होला अनि भन्यो “कति कुरूप!”। हाम्रो ग्रहका सुन्दर युवक(Tom Cruise) उसको नजरमा त घिन लाग्दो नराम्रा पो भए भने यतातिर हाम्रो नजरमा त्यो परग्रही मानव कुरूप।

 

सुन्दरता निरपेक्ष(absolute) हैन बरु सापेक्ष(relative) हुंछ भनेर त्यस अंग्रेजी चलचित्रले राम्रोसंग व्याख्या गरेको छ। सुन्दरता अवलोकनकर्ताको आँखामा हुंछ, मनोविज्ञानमा हुंछ र यही सत्य हो। विहान वास्ने रातो भालेलाई को सुन्दर भनेर प्रश्न गरे अवश्य पनि आफ्नी पोथी कुखुरीलाई नै देखाउँछ भने तपाईको गल्लीमा भुक्दै हिड्ने त्यो भाले भुष्याहाको अघि ऐश्वर्य राय वा पल्लाघरे तरूनी कुकुर्नी राखे त्यसले को छान्ला? त्यसको आँखामा त आफ्नी तरुनी कुकुर्नीको सुन्दरता अघि ऐश्वर्या रायको सुन्दरताको के भाउ? तपाई पुरुषलाई एक युवती सबैभंदा सुन्दर लाग्ला, तपाई पुरुषले एक युवतीको सुन्दरतामा खागका खाग कविता लेख्नुहोला, युवक भंदा युवती लाख सुन्दर भनि फलाक्दा नथाक्नुहोला तर तपाईलाई नै रातो भाले र पोथीमा कुन सुन्दर, वा भाले कुकुर वा पोथी कुकुरमा कुन सुन्दर वा भाले सिंह वा पोथी सिंहमा कुन सुन्दर भनि प्रश्न गरिए अवश्य पनि खिइएकी पोथी(उनीहरूका लागि सर्वसुन्दर) भंदा त रातो भाले सुन्दर वा भाले कुकुर वा भाले सिंह नै सुन्दर भन्नुहोला हैन। अब यही प्रश्न कुखरा वा कुकुर वा सिंहलाई “मनुष्यमा युवक सुन्दर की युवती?” भनि प्रश्न गरे के भन्लान? जसरी तपाईले त्यो पोथी वा कुकुर्नी वा पोथी सिंहलाई भालेको तुलनामा खिइएको देख्नुभयो त्यसैगरी अवश्य पनि तिनीहरूको नजरमा तपाइको नजरको सर्वसुन्दर युवती तपाईले तिनीहरूको पोथी खिइएको देखे झै खिइएको नै देख्लान अनि भन्लान “त्यो ठूलो छाती भएको, वलिष्ठ वलवाहुको अग्लो शरीरधारी पुरुष नै सुन्दर”। अब भन्नुहोस, निरपेक्ष धरातलमा को सुन्दर?

 

अब एक फरक कोण अर्थात गुणको आधारमा अध्ययन गरौं। मानव शरीर पित्त, कफ, वायु, दिसा, पिसाब, रगत, मासु, हड्डीको दुर्गन्धयुक्त फोहोरको थुप्रो हो जसलाई बाहिरबाट छालाले छोपिएको छ तर श्रीकृष्ण माया, बाहिरबाट छोपिएको छालाको आवरणमा यति शक्ति छ की यो कलिकालमा सारा संसार त्यसमा मुग्ध छ। विशेष गरी युबती भगवान श्रीकृष्णको यो मायाबाट ग्रसित हुंछे तर कोही उन्मुक्त भने छैन।

 

दिनहु विभिन्न भावनाकृतिका तस्वीर फेसबुकको भित्तामा उतार्ने विशेष गरी कामुक युवती देखि चाहे बिश्व सुंदर र सुंदरी सलमान खान वा एेश्वर्य राय नै किन न होस, बाहरी आवरणमा अवस्थित नौ द्वारबाट प्रति क्षण विसर्जित हुने फोहोर पदार्थ र त्यसको दुर्गन्धले भित्र छोपिएको मलमूत्रको आभाश दिएकै हुंछ तर अचम्म छ, सारा संसार बाहिरी खोलको यो ढाँचामा यसरी मंत्रमुग्ध छ मानौ उसको सर्बस्व हो। यस कलि कल्मषबाट ग्रसित त्यस मूर्ख रोगीले यसरी आँखा चिमलिंछ मानौ बाहरी आवरण नै एकमात्र सत्य हो, लट्टु बंछ त्यस बाहरी बनावटमा।

 

भित्र दिसा र मूत्र उम्लिरहेको हुंछ तर बाहिर cat-walk गरिरहेकी हुंछे, नाक/मुख/आँखा भित्र कफ/सिगान/थूक/चिप्रा बाहिर निस्कन तचाड मछाड गरिरहेका हुन्छन तर बाहिर पाउडर/गाजल/ईत्रले छोपी सुंदरताको हूंकार गरिरहेकी हुंछे, भित्र मलमूत्रको चरम दुर्गन्ध र फोहोर गिथोलिईरहेको हुंछ तर ठूला ठूला कवि/दार्शनिक बाहरी खोलको चुस्स चस्काईमा सुंदरताको गाथा सहितको कबिता/दर्शन लेखनमा व्यस्त भै रहेका हुनछन, बाहरी आवरण खोलियोस् त दुर्गन्धले कोही नजिक बस्न नसकोस….. तर अचम्म छ.. गजबको छ यो माया… भगवान श्रीकृष्णको माया …

 

यसरी के देखिंछ भने सुंदरता सापेक्षित हुंछ, अवलोकनकर्ताले लगाएक़ो चश्मामा भर पर्दछ अनि गुणाधिन हुंछ। तर चश्मा खोलेको निरपेक्ष धरातलमा र गुणदेखि माथि गुणातितको अवस्थामा सुंदरताको परिभाषा के हो त? सत्य कुरा भनु? सनातन धर्म शास्त्र भंछ, निरपेक्ष र गुणातितको धरातलमा सबै सुन्दर हुन। कुनै पनि वस्तुको सृजना हुंछ भने त्यसको निमित्त र उपादान कारण हुंछ। उदाहरणको लागि माटोको घैंटोको सृजना हुंछ भने त्यो माटोको घैंटोको निमित्त कारण कुम्हाले हो भने उपादान कारण माटो हो। यस विशाल सृष्टिको निमित्त र उपादान कारण को हो त? उपनिषद भंछ, “यस सृष्टिको निमित्त र उपादान कारण दुबै श्रीकृष्ण हुन।” दुबै कसरी? जसरी तपाईको स्वप्न। तपाईको स्वप्नको निमित्त र उपादान दुबै कारण तपाई स्वयम् हो त्यसैगरी यस समस्त सृष्टिको निमित्त र उपादान कारण दुबै श्रीकृष्ण हुन। यस विशाल घैटोरूपी सृष्टिको कुम्हाले पनि श्रीकृष्ण हुन माटो पनि श्रीकृष्ण अर्थात सबै श्रीकृष्ण। श्रीकृष्ण नै ईश्वर हुन, ईश्वर कुरूप हुनै सक्दैन अर्थात निष्कर्षमा सबै श्रीकृष्ण हुन अर्थात सबै सुन्दर हुन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी