२१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने गरी निर्वाचन आयोगले गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।
निर्वाचन आयोग सत्तापक्षको प्रभावमा परेर पुनः मतदान गराउने निर्णय गरेको भन्दै निर्णय बदर माग गर्दै मुद्धा दायर भएको हो । वडा नम्बर १९ का मतदान अधिकृत तुल्सीराम पाण्डे र वडा सदस्यका उम्मेदवार गुञ्जमान विकले मुद्धा दायर गरेका हुन् ।
मुद्धा दायरसँगै भोलीका लागि पेशी तोकिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए । रिटमा तत्काल अन्तरिम आदेशको माग गरिएको छ । मतगणनाको क्रममा जेठ १४ गते ९० वटा मतपत्र च्यातिएपछि नेकपा एमालेले पुनः मतगणना शुरु गर्न माग गर्दै निर्वाचन आयोगलाई दवाव दिएको थियो ।
तर आयोगले मतपेटिका कब्जा गर्ने काम भएको भन्दै निर्वाचन ऐन अनुसार मतपत्र च्यातिएको वडा नम्बर १९ मा पुनः मतादान गर्ने निर्णय गरेको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको