June 1, 2017

पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न रिट

जेठ १८, काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न माग गर्र्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रिटमा बिहीबारै सुनुवाइका लागि पेसीसमेत तोकिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बनेपा निवासी अधिवक्ता विकास गिरीद्वारा पेस भएको उक्त रिट कार्यालय समय सकिनुभन्दा केहीअघि सर्वोच्च प्रशासनमा दर्ता भएको थियो । पराजुलीको एसएलसीको शैक्षिक प्रमाणपत्र र उमेरका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा रिट दर्ता गरिएको छ । पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस रोक्न, संसदीय सुनुवाइ नगर्न र नियुक्ति नदिन गिरीले संवैधानिक परिषद्, सुनुवाइ समिति र राष्ट्रपतिका नाममा अन्तरिम आदेशको माग गर्नुभएको छ।

रिटमा साउन २१ गते अवकाश मिति कायम गरी अवकाशको जानकारी दिन न्यायपरिषद्का नाममा परमादेशसमेत माग गरिएको छ । पराजुली ०४८ साल कात्तिक १८ गते पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो । जेठ २४ मा प्रधानन्यायाधीश कार्कीले अवकाश लिएपछि पराजुली उहाँको उत्तराधिकारी बन्ने निश्चित भएका बेला यस्तो रिट आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना