भोट कसरी हाल्ने ?

२८ बैशाख, काठमाडौं । स्थानीय चुनावमा बदर मतको संख्या बढ्न सक्ने आशंका स्वयं निर्वाचन आयोग गरिरहेको छ । जटिल प्रकारको मतपत्र भएका कारण मतदाताहरु झुक्किने सम्भावना बढेको छ । मतपत्रको एउटै कोठाभित्र दुईवटा चुनाव चिन्ह छन्, जसले मतदाताहरुलाई थप झुक्याउन सक्छ ।

छोटो समयमा चुनाव आयोजना गरिउका कारण दलहरुले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकेको देखिएन । निर्वाचन आयोगले पनि सबै मतदातासम्म मतदाता शिक्षालाई पुर्‍याउन सकेन ।

बिहीबार मात्रै निर्वाचन आयोगले एउटा कोठामा रहेका दुईवटा चुनावचिन्हबारे प्रेस विज्ञप्ति निकालेर सचेत गराएको छ । यसबाट के स्पष्ट हुन्छ भने यसपालिको चुनावमा बदरमतको संख्या बढ्ने खतरा अधीक छ ।

मतदाताहरुलाई मतदान प्रक्रियामा कुनै अन्योल नहोस् भनेर अनलाइनखबरले कसरी मतदान गर्ने भन्नेबारे १० वटा प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छः

१. मैले कतिजनालाई भोट हाल्नुपर्छ ?

उत्तरः तपाईले सात जनालाई भोट हाल्नुपर्छ ।

पहिलो भोटः गाउँपालिका अध्यक्ष वा नगर प्रमुखका लागि पहिलो कोलममा रहेको कुनै एउटा चुनाव चिन्हमा संकेत गर्नुस् ।

दोस्रो भोटः गाउँपालिका उपाध्यक्ष वा नगर उपप्रमुखका लागि दोस्रो कोलममा दिनुस् ।

तेस्रो भोटः वडाध्यक्षका लागि हो । यसका लागि तेस्रो कोलममा भएको कुनै एउटा चुनाव चिहृनमा स्वस्तिक छाप लगाउनुस् ।

चौथो भोटः महिला वडा सदस्यका लागि चौथो कोलममा दिनुस्

पाँचौं भोटः दलित महिला वडा सदस्यका लागि पाँचौं कोलममा दिनुस् ।

छैठौं र सातौं भोटः दुईजना वडा सदस्यका लागि मतपत्रको पछिल्ला दुई कोलममा रहेका चिन्ह मध्ये कुनै दुई चिहृनमा मतदान गर्नुहोस् ।

२.सातै जनालाई भोट हाल्नुपर्छ कि कुनै एक वा दुईलाई मात्रै पनि हाल्न पाइन्छ ?

उत्तरः सात जनालाई मत दिन पाउने तपाईको अधिकार हो । तर, तपाईले म छनोट गरेर केहीलाई मात्रै मत दिन्छु भन्न सक्नुहुन्छ ।

३. प्रमुख वा उपप्रमुखमा फरक-फरक पार्टीलाई मत दिन सक्छु ? कसरी दिने ?

उत्तरः सात जनालाई मत दिनुपर्छ भन्नुको अर्थ एउटै तर्सो लहरमा मात्र दिनुपर्छ भनिएको होइन । छनोट तपाईको अधिकार हो । यदि तपाई प्रमुख र उपप्रमुखमा फरक-फरक दललाई मत दिन चाहनुहुन्छ भने पनि त्यसो गर्न सक्नुहुन्छ ।

तर, मतपत्रको पहिलो ठाडो कोलममा रहेका चिन्हहरु प्रमुखका लागि मात्रै हुन् । दोस्रो ठाडो कोलम उपप्रमुखको हो । प्रत्येक कोलममा भएका राजनीतिक दलको चुनाव चिहृन मध्ये कुनै एउटामा मत दिन सक्नुहुन्छ ।

४. यदि मैले एउटै कोलममा तलमाथि मत दिए बदर हुन्छ ?

उत्तरः हो । सुरुवातका पाँचवटा ठाडो कोलम एक एक पदका लागि हो । तपाईले एउटा ठाडो कोलममा भएका चुनाव चिहृनहरु मध्ये एकमा मात्रै मत दिन सक्नुहुन्छ । तर, पछिल्ला दुई ठाडो कोलममा भने तपाई एउटै वा पहिलो दोस्रो कोमलमा भएका एक-एक चुनाव चिहृनमा मत दिन सक्नुहुन्छ ।

५. पछिल्ला दुईवटा कोलममा एउटैको तलमाथि छाप लगाउन मिल्छ ?

उत्तरः मिल्छ । पछिल्ला दुई ठाडो कोलममा भने तपाईले एउटै हारमा वा पहिलो दोस्रो कोमलमा भएका एक-एक चुनाव चिहृनमा मत दिन सक्नुहुन्छ ।


६. अन्तिम कोलममा एउटै कोठामा दुईवटा चुनाव चिहृन रहेछन्, यस्तोमा के गर्ने ?

उत्तरः मतपत्रको अन्तिममा भएको एउटौ कोठाभित्रका दुईवटा चिन्हहरु पनि एकैजना उम्मेदवारका लागि हो । त्यसमा लगाइएको छापले एकजनालाई मात्रै मत दिएको ठहरिन्छ ।

पछिल्ला यी दुई कोलमहरु वडा सदस्य खुलातर्फका लागि हो । यसमा एउटै पार्टीका दुई उम्मेदवार हुने भएकाले कुन उम्मेदवारको चुनाव चिहृन कुन हो भनेर पहिचान गर्न निर्वाचन आयोगले पहिलोमा एउटा र दोस्रोमा दुईवटा चिहृनको व्यवस्था गरेको हो ।

मानौं ए नामको पार्टीर्ले दुई वडा सदस्यमा खुलातर्फ रामबहादुर र श्यामबहादुरलाई उम्मेदवार बनाएको छ भने आयोगले एकजनालाई एउटा चिहृन दिएको छ र अर्का उम्मेदवारलाई दुईवटा चिहृन प्रदान गरेको हुन्छ ।

७. के दुईवटा चुनाव चिहृन भएको ठाउँमा दुई पटक स्वस्तिक छाप हान्नुपर्छ ?

उत्तरः पर्दैन । दुईवटा चुनाव चिहृन भएको ठाउँमा पनि एकचोटिमात्रै छाप हाने पुग्छ । तपाईले उक्त बक्सभित्र एकपटक मात्र स्वस्तिक छाप हान्नुपर्छ । नत्र रद्द हुन्छ ।

८. दुईवटा खुला वडा सदस्य पदमा मलाई बेग्लाबेग्दै पार्टीका उम्मेदवारलाई मत दिन मन छ । एउटै ठाडो लहरमा स्वस्तिक छाप हान्न सक्छु ?

उत्तरः मतपत्रको छैठौं र सातौं कोलममा मत दिँदा कुनै दुईवटा कोठामा मात्र मत दिनुपर्छ । यो २ जना खुल्ला वडा सदस्यको लागि हो। यसमा तेर्सो, ठाडो वा छठ्के जताबाट पनि २ कोठा रोज्न सक्नुहन्छ ।

९ः पार्टीको चुनाव चिहृनमाथि नै स्वस्तिक छाप हान्दा मत बदर हुन्छ ?

उत्तरः हुँदैन । सबैभन्दा राम्रो चुनाव चिहृन नजिकै रहेको खाली ठाउँमा मत दिनुस् । तर, यदि चुनाव चिहृनमाथि नै स्वस्तिक छाप लगाइयो भने पनि बदर हुँदैन ।

१०. कस्तो अवस्थामा मैले दिएको मत बदर हुनसक्छ ?

मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एक भन्दा बढी उम्मेदवारलाई मत दिएमा बदर हुन्छ ।

त्यस्तै छैटौं र सातौं पदका लागि दुई कोलम दिइएकोमा दुई भन्दा बढी उम्मेदवारलाई मत दिएमा पनि बदर हुन्छ ।

मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा पनि तपाईको मत बदर हुन्छ ।

यस्तै स्वस्तिक छाप बाहेक अरु छाप लगाए वा संकेत गरेमा पनि तपाईको मत बदर हुन्छ ।

त्यस्तै दुई वटा चुनाव चिहृन रहेको कोठाको बीचमा एक अर्कालाई छुने गरी गरी स्वस्तिक छाप लगाएमा पनि तपाईको मत बदर हुन्छ । उम्मेदवारको चिहृन रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने