नयाँ शक्तिको टोलीलाई आक्रमण गर्ने माओवादी कार्यकर्ता पक्राउ

maobadi-kendra-768x409

गोरखा, २४ वैशाख । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता तथा कार्यकर्तालाई बाटो छेकेर कुटपिट गर्ने  माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार गोरखा नगरपालिका-६ का सुदिप बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई पक्राउ गरी अनुसन्धन गरिएको र अन्य संलग्नको खोजी भइरहेको गोरखाका डिएसपी बिरेन्द्र थापाले बताए । शनिबार नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उम्मेदवार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावी सभा गरेर फर्किएको टोलीमाथि माओवादीले आक्रमण गरेका थिए ।

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका थिए । तोडफोड र कुटपिटमा संलग्नलाई कारवाही नगरे थप घटना घट्न सक्ने भन्दै नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेलले प्रशासकहरुलाई सचेत रहन चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो