महाअभियोग फिर्ता अस्वीकार:प्रचण्ड

२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमालेले गरेको आग्रह प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेका छन् ।Prachanda-and-Kp-Oli-Vet

 

सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आफू एक्लैले महाभियोग फिर्ताको निर्णय लिन नसक्ने बताएका छन् ।

फिर्ता नलिए संसदमा तत्काल पेश गर्न आग्रह गरे । कार्कीको कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाअभियोग आएको भन्दै एमाले नेताहरुले यसलाई लामो समय संसदमै अड्काएर राख्न नहुने बताए । स्रोतले भन्यो, ‘एमालेले तत्काल निर्णय गर्नुपर्छ । छलफल र समितिमा पठाएर अड्काइ राख्न मिल्दैन भनेको छ ।’

एमालेले महाअभियोगबारे संसदमा कुन दिन भोटिङ गर्ने आजको बैठक अघि नै तय हुनु पर्ने शर्त राखेको छ ।

अन्यथा महाअभियोगलाई संसदमा पेश गर्न नदिने संकेत एमाले नेताहरुले दिएका छन् ।

कार्यकाल रहँदासम्म महाअभियोगबारे संसदले निर्णय नगर्नु बदनियतपूर्ण हुने उसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्