वैशाख २१, काठमाण्डाै । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले तत्काल निर्णय लिन सभापति देउवालाई ध्यानाकर्षण गराएको स्रोतले बतायो।
चुनावका बेला परेर मात्रै चुप बसेको हुँ।’ महाअभियोगको प्रस्तावमा कांग्रेस एकढिक्का रहेको भन्ने भनाइप्रति पनि पौडेलले असहमति जनाए। ‘सभापतिजीसँग सामान्य परामर्श भएको केहीछिनमै उहाँ (देउवा) ले टेलिफोन गरेर महाअभियोग प्रस्ताव नल्याइने भयो भनेर खबर गर्नुभयो, तर भोलिपल्ट एकाएक दर्ता गरियो,’ पौडेलको भनाइ थियो, ‘पार्टीभित्र पनि छलफल गरिएन। मसँग पनि नल्याइने भयो भनेर भन्ने अनि एकाएक दर्ता गर्ने ? यो कस्तो परिपार्टी हो ?’ कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पार्टी एकढिक्का रहेको सन्देश सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी दिन खोजिएको थियो। पत्रकार सम्मेलनमा पौडेललाई समेत बोलाइएको भए पनि उनी गएनन्।
उनको साटो महामन्त्री शशांक कोइरालालाई पत्रकार सम्मेलनमा राखिएको थियो। महामन्त्री कोइरालाले महाअभियोग प्रस्ताव ‘नेता गणले’ ल्याएको भनेर अनभिज्ञता जनाउँदै घुमाउरो शैलीमा समर्थन गरेका थिए। यसबारे पौडेलले पार्टीभित्रको आन्तरिक कुराकानी भन्दै औपचारिक रूपमा बोल्न अस्वीकार गरे। ‘पार्टीभित्रको आन्तरिक छलफलमा मैले आफ्ना धारणा राखिसकेको छु,’ उनले भने, ‘सार्वजनिक रूपमा अहिल्यै ती विषयलाई बाहिर ल्याउन उचित ठानेको छैन।
’ महाअभियोग प्रस्तावमा पौडेलको समेत हस्ताक्षर छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्न प्रयोग गरिएको हस्ताक्षरलाई नै महाअभियोग प्रस्तावमा पनि प्रयोग गरिएको थियो। त्यतिबेला उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दुई कपी हस्ताक्षर संकलन गरेका थिए। एउटा तत्काल ओलीविरुद्ध अविश्वासको प्रस्तावमा प्रयोग भएको थियो भने अर्को हस्ताक्षर प्रमुख सचेतकलाई जिम्मा दिइएको थियो। अहिले त्यही हस्ताक्षरलाई महाअभियोग प्रस्तावमा दुरुप्रयोग गरिएको भन्दै कांग्रेसका कतिपय नेताहरूले पार्टी नेतृत्वको आलोचना गरेका छन्।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि