धादिङमा एक उम्मेदवार मृत फेला

Suicide-Hanging२० बैशाख, काठमाडौं । स्थानीय तह चुनाव लड्ने तयारीमा रहेकी धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

३५ वर्षकी मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो । उनी बुधबार बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

 

मिजारले आत्महत्या गरेको हो वा हत्या हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको धार्केका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए ।

मंगलबार मनोनयन दर्ताको दिन रसुवाको कालिका गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत सन्तोष गिरी झुन्डिएको अवस्थामा फेला परेका थिए । गिरीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

खादाको पासो लगार्इ निर्वाचन अधिकृत झुन्डिएको अवस्थामा भेटिए, उपचारका लागि काठमाडौं ल्याइयो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो