देशभरका यी ५८ अस्पतालबाट पाइन्छ १० रोगमा निःशुल्क उपचार

457131700487903854Tritment.वैशाख २०, काठमाडौं– स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्न देशभरका ५८ वटा अस्पताललाई सूचीकृत गरेको छ। मन्त्रालयले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका अनुसार अस्पतालहरुको सूची तयार गरेको हो।

मन्त्रालयले १० वटा रोगको उपचारका लागि सूचीकृत गरेका अस्पतालहरुले प्रक्रिया पूरा गरेर आएका विपन्न नागरिकलाई निःशुल्क उपचार प्रदान गर्नुपर्ने हुन्छ। मन्त्रालयले क्यान्सर, मिर्गौला प्रत्यारोपण, मिर्गौला डाइलाइसिस, मुटुरोग, हेड इन्जुरी (टाउकोको चोटपटक), स्पाइनल चोटपटक, अल्जाइमर्स, पार्किन्सस, बाथ मुटुरोग र सिकलसेल एनिमिया रोग उपचारका लागि अस्पताल तोकेको हो।

तोकिएका अस्पतालमध्ये बाथ मुटुरोगको शल्यक्रियाका लागि बिरामीले सिधै अस्पतालमा पुगेर उपचार सेवा पाउन सक्छन् भने अन्य रोगहरुमा भने कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। निःशुल्क उपचार सेवा अन्तर्गत बाथ मुटुरोग, मिर्गौला प्रत्यारोपण र डाइलाइसिस सेवामा बिरामीले पूर्ण निःशुल्क पाउँछन् भने अन्य रोगमा भने एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउनेछन्। बिरामीले यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउनेछन्।

उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पुर्जी (प्रिस्किप्सन) लगेर गाउँपालिका वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिसपत्र लिनुपर्छ। सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ। उपचार आफ्नो घरपायक पर्ने अस्पताल रोजेर गर्न सकिनेछ।

Corrected table_1

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष