यी १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्,

IMG_20170528_082430

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ ।

भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ । शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि क्षमा गर्दैनन् ।

यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ ।
तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ ।

त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नोक्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भावना राख्नु हुन्छ भने त्यो पापको श्रेणीमा गनिन्छ ।

शिव पुराणः सोचमार्फत गरिने पापः अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कुदृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पाप भएको शिव पुराणले बताउँछ । अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।

कुनै निर्दोष र निरपराध व्यक्तिलाई कष्ट दिनु, उनलाई हानी नोक्सानी पुर्याउनु वा धन–सम्पत्ति लुट्नु, ती व्यक्तिका लागि बाधा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् । राम्रो कुरा बिर्सेर नराम्रो बाटो छान्ने व्यक्तिको पाप पनि अक्षम्य हुन्छ ।

शिव पुराण अनुसार जुन प्रकार तपाईंले कसैलाई नराम्रो नगर्दा, उनका लागि नराम्रो सोच राखेका कारण पनि पापको हकदार र दण्डको श्रेणीमा आउने गर्दछन् त्यसै प्रकार तपाईंले आफ्नो कार्यबाट कसैलाई नराम्रो नगरेपनि तपाईंको बोली अक्षम्य पापको हकदार पनि बन्न सक्छ ।

विशेषगरी यी तीन अवस्थामाः बोलीद्वारा गरिन् अक्षम्य पापः कुनै गर्भवती महिला वा महिनावारी भएका बेला कुनै महिलालाई कटु वचन भन्नु वा आफ्नो कुराले यी महिलाहरुको मन दुखाउनु शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।

कसैको सम्मानमा हानी पुर्याउने नियतले झुटो बोल्नु ‘छल’ को श्रेणीमा आउँछ र ती व्यक्ति अक्षम्य पापको भागीदार हुने गर्दछन् ।

समाजमा कसैको मान–सम्मानलाई हानी पुर्याउने नियतले उनको पिठ्युँ पछाडि कुरा गर्नु वा अफवाह फैलाउनु पनि अक्षम्य पाप हो ।

तपाईंको सोच वा कुरा बाहेक तपाईंले जीवनमा गर्ने ५ कार्य पनि पापको श्रेणीमा पर्ने गर्दछः धर्मले वर्जित गरेको खानेकुरा खानु वा धर्म विपरित कुनै कार्य गर्नु पनि शिवको नजरमा पाप हुने गर्दछ ।

शिवका लागि अक्षम्य पाप कार्यः बच्चा, महिला वा कुनै पनि कमजोर प्राणीविरुद्ध हिंसा र असामाजिक कार्यमा लिप्त हुनु पापको सूचीमा पर्दछ ।

गलत तरिकाले अरुको सम्पत्ति हडप्नु, ब्राह्मण वा मन्दिर वा कुनै अन्य कुरा चोर्ने वा गलत तरिकारले हत्याउनाले पनि तपाईंलाई यो सूचीमा राख्ने गर्दछ

गुरु, आमा–बुवा, श्रीमती वा पूर्वजहरुको अपमान बिर्सेर पनि गर्नुहुँदैन । रक्सी पिउनु, गुरुकी श्रीमतीसँग सम्बन्ध स्थापित गर्नु, दान दिइसकेको कुरा वा धन फिर्ता लिनु पनि पाप मानिन्छन् जसलाई भगवान शिवले कहिले पनि माफी दिँदैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि