प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको प्रस्ताव, राजपाले खोज्यो संविधान संशोधनको सुनिश्चितता

Prachanda-Resign-1१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्मिचतताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दल बैठकमा प्रधानमन्त्रीले प्याकेजमै सहमति खोज्नुपर्ने प्रस्ताव गरेका हुन् ।

राजपालाई पनि मनाएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन प्रमुख तीन दलले अन्तिम प्रयास गरिरहेका छन् । शनिबार साँझ झन्डै पाँच घन्टा चलेको सामूहिक र छुट्टाछुट्टै छलफलमा शीर्ष नेताहरुले राजपा नेताहरुलाई मनाउन विभिन्न विकल्पमा छलफल गरेका थिए ।

 

तर, राजपाले लामो समयपछि भइरहेको स्थानीय तह निर्वाचनबाट वञ्चित गराउने काम भइरहेको गुनासो गरेको थियो । निर्वाचनका लागि परिस्थिति बनाउनुपर्ने उसको धारणा थियो । उसले संविधान संशोधनको कुनै आधार नभईकन निर्वाचनमा जाँदा जनतालाई धोका दिएको ठहर्ने भन्दै त्यसको सुनश्चितता हुनुपर्ने माग गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको