बलिउड, ११ जेठ । सन् १९८१ मा अम्रितसारमा जन्मिएका कपिल आज करोडौ सम्पत्तिका मालिक बनेका छन् । क्याफीमा प्रेमिकालाई राम्रोसँग खुवाउन नसकेका कारण ब्रेकअप भएको बताउने कपिल हाल लक्जरिएस कारका मालिक बनेका छन् ।
हिन्दु कलेजमा पढेका उनले पछि थिएटरमा काम गर्न थालेका थिए । तर, सन् २००४ मा उनको पिताको क्यानसरका कारण उनको मृत्यु भएको थियो । पिताको मृत्यु पश्चात उनको काँधमा सबै जिम्मेवारी आएको थियो ।
सन् २००५ मा उनले ब्रेक पाएका थिए । उनले एमएच–१ मा हाँस्दे हसाँते राओमा काम पाएका थिए । सन् २००७ मा उनले
लाफ्टर च्यालेन्जको पहिलो अडिसनमा असफलता भोग्नु पर्यो । तर, अर्को सिजन भने उनले उक्त प्रतिस्पर्धा जित्दै १० लाख जितेका थिए ।
सन् २०१६ को तथ्याङ मान्ने हो भने उनको आम्दानी ६.६ मिलियन डलर रहेको थियो । उनको कुल सम्पत्ति १४.७–२२ मिलियन डलर रहेको छ ।
सन् २०१७ को आम्दानीको हेर्ने हो भने उनले ‘द कपिल सो’ का लागि सोनी च्यानलसँग ११० करोड भारतीय रुपैयाँको सम्झौता गरेका छन् ।
उनको डिएलएच इन्क्लेभ फ्ल्याट, ओसिवारा लिंक रोडमा, मुम्बइमा रहेको छ । यसको मुल्य २.२ मिलियन डलर रहेको छ ।
अफिस, भेरसोभा एमएचएडिए जुन निर्माणधिन रहेको छ । यसको मुल्य ४ करोड भारतीय रुपैयाँ रहेको छ ।
शान्तिबन बिलडिङ, अन्धेरी, मुम्बइ– यो बिलडिङ उनले सन् २०१० मा किनेका थिए ।
एडिटिङ स्टुडियो, लोटस बिजनेश पार्क, अधेरी ।
पन्जावमा उनले केही जमिन समेत किनेको केही मिडिया रिपोर्टले उल्लेख गरेका छन् ।
कारहरु
ल्याण्डरोभर रेन्ज रोभर इभोक्यु–८२ लाख भारतीय रुपैयाँ
मर्सिटिज बेन्ज एस३५० सिडिआइ–१.४५ करोड भारतीय रुपैयाँ
पछिल्लो समय उनी फिल्ममा पनि काम गर्न थालेका छन् । उनको पछिल्लो फिल्म भने फिरंगी रहेको छ ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको