May 26, 2017

चुनाव तीन चरणमा : थपिएका २२ तहमा ३१ जेठमा निर्वाचन नहुने

जेठ १२, काठमाडौं  – सरकारले थप गरेका २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ । ३१ जेठका लागि हुने ४६१ स्थानीय तहको निर्वाचनमा आयोगले पूर्ण तयारी गरेकाले थप तहमा तत्काल निर्वाचन सम्भव नभएको आयोगले बिहीबार सरकारलाई जानकारी गराएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

आयोगले मतदाता नामावली संकलन, मतदान केन्द्र तय गर्न समस्या हुने बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिएको जानकारीअनुसार १५ र १६ जेठमा निर्वाचन अधिकृतको कार्यालय खोलिसक्ने कार्यसूची छ । निर्वाचन अधिकृतको कार्यालय खोल्नुअघिसम्म सबै मतदाताको नामावली आवश्यक पर्ने शर्माको भनाइ छ । अहिले थपिएका २२ स्थानीय तहको वडाको सिमानाबारे नै प्रस्ट नभएकाले झनै समस्या भएको छ ।

‘मतदाता परिचयपत्रमा ठेगाना परिवर्तन गरी पुनः छाप्नुपर्ने हुन्छ, निर्वाचन अधिकृतको कार्यालय खोल्ने १५ र १६ जेठसम्म सम्भव नै छैन,’ शर्माले नयाँ पाित्रकासँग भने । मतदाता नामावली मिलाउनै कम्तीमा १५ दिन लाग्ने आयोगको भनाइ छ । आयोगले थपिएका स्थानीय तहमा १५ र १६ जेठभित्र निर्वाचन अधिकृत पठाउन सम्भव नभएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना