जेठ १२, काठमाण्डाै । निर्वाचन आयोगले व्यवस्थापकीय तयारी गर्न समय लाग्ने भएकाले सरकारबाट थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नभएको स्पष्ट पारेको छ। आयोगले तोकिएको समयमै दोस्रो चरणको निर्वाचन ४६१ स्थानीय तहमा गराउने प्रतिबद्धता र दृढता व्यक्त गरेको छ ।
आयोगले निर्वाचन कार्यक्रमअनुसार दोस्रो चरणमा निर्वाचन हुन बाँकी ४६१ स्थानीय तहमा जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन सरकारसँग पुनः आग्रहसमेत गरेको छ । बिहीबार कान्तिपथस्थित निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नहुने निर्णय गर्दै सरकारलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।
बैठकपछि प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले सोमबार थप गरेको स्थानीय तहमा जेठ ३१ गते निर्वाचन हुन प्राविधिक रूपले सम्भव नहुने उल्लेख छ । आयोगले सरकारले राजपत्रमा प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार जेठ ३१ मा निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह पनि गरेको हो । परिवर्तित गाउँपालिका र नगरपालिकाको वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न समय लाग्ने भएको तर मतदाता नामावली जेठ १५ मा निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्नुपर्ने भएकाले थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुन नसक्ने जनाएको छ ।
मतदाताको परिवर्तित ठेगानाअनुसार मतदाता परिचयपत्र छपाइ गरी जेठ २७ गतेसम्ममा सम्बन्धित मतदान केन्द्रमा पुर्याउनुपर्नेमा थप गरिएका स्थानीय तहमा जेठ १५ गतेसम्म आवश्यक सामग्री पुर्याउन प्राविधिक रूपले सम्भव नहुने आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘थप, हेरफेर र स्तरोन्नति भएका गाउँपालिका तथा नगरपालिकाको वडा सङ्ख्यालगायतको विस्तृत विवरण तयार गरी नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि निर्वाचन प्रयोजनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निर्वाचन आयोगमा उपलब्ध गराउने व्यवस्था रहेकोमा त्यस्तो विवरण आयोगमा प्राप्त भइसकेको छैन । अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि