जित र हारको कारण खोज्दै एमाले

काठमाडौै, जेठ ११ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ ।

स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबारको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय पनि गरेको छ । पहिलो चरणको निर्वाचनको परिणामले एमाले अग्र स्थानमा छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणको निर्वाचनबारे तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको सो पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
विवरणमा नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम, विजयी बनेका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको नामावली, निर्वाचनका क्रममा प्रशासनको भूमिका, पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव समेट्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक