११ जेठ , काठमाडौं – कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसंग गाँसिएको ।
स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ । स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि ।
पुरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ । स्तनको विशेष गरेर मुण्टो तथा वरिपरिको भाग ९एरोला० यौन सम्वेदनशील हुन्छन् । स्तनको मुण्टोलाई केहीबेर खेलाए पनि यो कडा तथा उठ्ने ९उत्तेजित हुने० गर्दछ । यौन प्रतिक्रिया चक्रको प्लेटु चरणमा स्तनको आकार पनि स्पष्ट रुपमा ठूलो भएको हुन्छ । स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन ।
तर स्तन केही ठूलो भयो या केही सानो भयो भन्दैमा यौन क्रियाकलापमा कुनै फरक पर्ने होईन । कतिपयलाई बैवाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ । ठूला आकारका स्तन भएका कति महिलाका बैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होईन ।
प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन । मन बलियो बनाई आफ्नो शारीरिक स्वरुपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ । डा राजेन्द्र भद्रा ।
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै
२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी