९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ । मंगलबार संसद भवन बानेश्वरमा भेट्नासाथ देउवा र ओलीबीच भनाभन भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कुराकानी गरिरहेका बेला ओली पुगेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले किन छाड्नु पर्यो भनेपछि देउवा आक्रोसित बनेको स्रोतले जनाएको छ ।
देउवाले ओलीलाई म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो ? भन्दै प्रश्न गरेका थिए ।
मंगलबार विहान बालुवाटारमा भएको तीन दलको बैठकमा पनि ओलीले देउवाको आलोचना गरेका थिए । दिउँसो एमालेले गरेको पत्रकार भेटघाटमा पनि एमाले अध्यक्ष ओलीले देउवाको चर्को आलोचना गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीमा छन् । माओवादी र कांग्रेसबीच भएको समझदारी कार्यान्वयन भए प्रचण्डले छाडेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
तर, एमाले भने कम्तिमा दोस्रो चरणको चुनाव नहुँदासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री देख्न चाहँदैन । चुनावको मुखमा स्थानीय तहको संख्या बढाएपछि आक्रोसित बनेको छ । यसलाई नै देखाएर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नु अघि नै संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने