जेठ ९, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले राजपासहितको संघीय गठबन्धनलाई आवेगमा आएर तत्काल आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेका छन् । राजपाका नेताहरूले सोमबार गठबन्धनको बैठकमा दोस्रो तहको निर्वाचनविरुद्ध आन्दोलनमा जाने निर्णय गर्न लाग्दा प्रधानमन्त्री दाहालले महन्थ ठाकुरलाई फोन गरेर आन्दोलनका कार्यक्रम तत्काल घोषणा नगर्न आग्रह गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्रीको आग्रहअनुसार मंगलबारसम्म सरकारको निर्णय पर्खने अनौपचारिक सहमति भएको जानकारी दिए । उनले प्रधानमन्त्रीले गरेको फोनबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीले फोन गरेर मंगलबार दिउँसोसम्म आन्दोलन घोषणा नगर्न आग्रह गर्नुभयो । सरकारले हाम्रा मागका विषयमा अन्तिम निर्णय नगर्दासम्म विश्वास गर्ने वातावरण छैन ।’
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने