भत्कियो सगरमाथाको चर्चित ‘हिलारी स्टेप’

13220995_10154151382519431_6629010770531011692_n

काठमाडौँ, चैत ७ – सगरमाथाको चर्चित विशेषता मध्ये एक रहेको ‘हिलारी स्टेप’ भत्किएको छ । यसले विश्वको सर्वोच्च शिखरको आरोहणलाई थप जटिल बनाएको छ ।

पर्वतारोहीहरुले गोरखा भूकम्पका कारण यो भत्किएको हुन सक्ने बताएका छन् ।

१२ मिटर अग्लो चट्टानी भूभाग सगरमाथाको दक्षिणपूर्वी भागमा रहेको थियो । सगरमाथाको आरोहणअघि यसलाई अन्तिम चुनौती मानिन्थ्यो ।
सन् १९५३ मा सगरमाथाको पहिलो पटक सफल आरोहण गर्ने सर एडमण्ड हिलरीको नाममा यसको नामाकरण गरिएको थियो ।

गत मे १६ मा सगरमाथाको आरोहण गरेका बेलायती पर्वतारोही टिम मोसेडेलले हिलारी स्टेप भत्किएको पुष्टि गरे ।
आफ्नो फेसबुकमा उनले लेखेका छन्, ‘यो आधिकारिक भयो, अब हिलारी स्टेप रहेन ।’

सन् २०१६ को मेमा अमेरिकन हिमालयन फाउन्डेसनले जारी गरेको तस्विरमा हिलारी स्टेपको स्वरुप बद्लिएको पाइएको थियो । तर, अत्याधिक हिमपातका कारण त्यो पुष्टि गर्न गाह्रो थियो ।
‘यसबारे अघिल्लो वर्ष नै जानकारी आएको थियो । अघिल्लो वर्ष पनि सगरमाथाको आरोहण गर्दा हिउँका कारण त्यो पत्ता लगाउन सकिएन,’ मोसेडेलले लेखेका छन्, ‘तर यो वर्ष भने म भन्न सक्छु । हिलारी स्टेप अब रहेन ।’

पर्वतारोहीहरुले भिरालो चट्टानहरु चढ्नभन्दा हिउँले भरिएको भिर चढ्न सजिलो भएको बताए पनि कम अक्सिजन र शीतदंशजस्ता समस्यासँग जुझिरहेकाहरुका लागि यो कठिन हुने बताउँछन् ।

सन् २०१२ मा बिबिसीसँग् कुरा गर्दै बेलायती पर्वतारोही सर क्रिस बोनिङटनले स्टेपमा अड्किनु ठूलो खतरा हुने बताएका थिए ।

‘यदी दिन राम्रो छ भने शिखरभन्दा केही तल हिलारी स्टेप एक वा दुई घण्टा अल्झियौँ भने पनि केही छैन,’ उनले भनेका थिए, ‘तर यदी मौसम खराब हुँदैछ भने दुई घण्टा रोकिनु जीवन मरणको सवाल बन्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र