३ जेठ, एजेन्सी । खबरलाई मान्ने हो भने सन् २०१२ मा विवाह गरेपछि करिना कपूर र सैफअली खानले पर्दामा आफ्नो को–स्टारसँग अब चुम्बन नगर्ने कसम खाएका थिए । तर, गत बर्ष ‘बेबो’ अर्थात् करिनाले यस कसम तोडिन्, भने सैफले पनि यसै बर्ष रंगून’मा कसम तोडे ।
करिनाले फिल्म ‘कि एण्ड का’मा को–स्टारसँग अर्जुन कपुरसँग ‘लिप लक’ दृश्य दिएकी छिन् । त्यस्तै, सैफअली खानले पनि फिल्म ‘रंगून’मा कंगना रनौतसँग किसिंङ दृश्य दिए । त्यसो भए, त्यस्तो के भयो जसले गर्दा दुवै जनाले आफ्नो कसम तोडे ।
हालै एक अन्तरवार्ताका क्रममा करिनाले कसम तोडिनुको रहस्यलाई पर्दाफास गरिन् । करिनाले भनिन्, ‘हामीले कसम तोड्नुको कारण छोरी सारा अली खान हुन् । उनले हामीलाई बदलिदिइन् । साराले स्क्रिनमा कुनै पनि को–स्टारलाई किस गर्नेलाई लिएर हामीमा कुनै हिचकिचाहट हुनुहुँदैन भनिन् । पात्रको मागको हिसाबले यो कसम जायज नहुने साराको ठहर छ ।’
सैफकी छोरी सारा अब चाँडै बलिउडमा डेब्यु गर्ने खबर आइरहेको छ । करिनाको यो कुराबाट पनि सारा अब एक परिपक्क अभिनेत्री बन्ने तरखरमा रहेको पनि अनुमान लगाउँन थालिएको छ ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको