३ जेठ, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु बरुवाल विजयी भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा (माओवादी केन्द्र)की ज्योति लामिछाने पौडेलले तीन हजार ९६१ मत प्राप्त गरेकी छिन् । १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १२८ मत खसेको थियो । बेनपाको १० वटा वडामध्ये आठवटाको अध्यक्षमा एमाले, एउटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
एमालेका टेकबहादुर रावल वडा नं १ मा, हिराबहादुर थापा वडा नं २, गोविन्द पौडेल वडा नं ४, लक्ष्मण बानिया वडा नं ५ मा, कृष्णबहादुर बानिया वडा नं ६ मा, राजेन्द्र श्रेष्ठ वडा नं ७ मा, रामकृष्ण बराइली–८ मा, बेलबहादुर चोखाल ९ मा निर्वाचित भएका छन् । बेनपा १० मा काँग्रेसका रिम रोका र ३ मा स्वतन्त्र उमेदवार पदम पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् । रासस
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि