एकसाता भित्र पदत्याग गर्ने प्रधानमन्त्रीको घोषणा

Rajapa_PM-5919598da37a14.66082043

१ जेठ , काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक साता भित्र आफूले पद त्याग्ने घोषणा गर्नु भएको छ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले एक साता भित्र आफूले व्यवस्थापिका संसदमा सम्बोधन गरेर पद त्याग गर्ने घोषणा गर्नु भएको हो ।

 ‘स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरे,संविधान कार्यान्वयनको ढोका खोले,राष्ट्र र जनताका पक्षमा सत्तापक्ष र प्रतिपक्षले नसोचेको परिणाम हासिल गरे । अव तपाईहरुले उठाएका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने मेरो लक्ष्य र उद्देश्य छ’बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘बर्तमान सत्ता गठबन्धन कायमै रहन्छ । यो गठबन्धनले तपाईहरुका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्छ ।’ काँग्रेस र माओवादी केन्द्र वीच गत साउनमा भएको भद्र सहमति अनुसार अव काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । बैठकमा सहभागी राजपाका नेता राजकिशोर यादवले अन्नपूर्णसँग भन्नुभयो ‘प्रधानमन्त्रीले हामीलाई एक साता भित्र पदबाट राजीनामा दिने र त्यस अगाडि नै हाम्रो माग सम्बोधन हुनेगरी संविधान संशोधन गराउनेछु भन्नुभएको छ ।’ बैठकमा प्रधानमन्त्री प्रचण्ड राजपाका नेताहरु महन्थ ठाकुर,राजेन्द्र महतो,शरदसिंह भण्डारी,महेन्द्रप्रसाद यादव,राजकिशोर यादव र अनिलकुमार झा सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक