प्रियंका चोपडा अर्को हलिउड प्रोजेक्टको तयारीमा !

priyanka-chopra-speakingpriyanka-chopra-speaking

३१ बैशाख, एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाको हलिउड यात्राले उचाई लिइरहेको छ । प्रियंका यतिबेला आफ्नो पहिलो हलिउड फिल्म ‘बेवाच’को रिलिज तयारीमा छिन् ।

प्रियंकाको यस फिल्म भारतमा २ जुनमा रिलिज हुनेछ । पहिलो हलिउड फिल्म रिलिज नहुँदै प्रियंकाले दोस्रो फिल्म साइन गर्न सक्ने बताइएको छ । फिल्म ‘अ किड लाइक जोक’मा प्रियंकाले साइन गर्न सक्नेछिन् । एक अमेरिकी वेबसाइटअनुसार, यस फिल्मलाई ‘पारसंस’को प्रोडक्सन हाउसले उत्पादन गर्नेछ ।

फिल्मको सुटिङ यसै बर्षदेखि न्यू योर्कमा सुरु हनेछ । फिल्ममा प्रियंकालाई ‘अमाल’ नामक भूमिकाका लागि फिल्म साइन गर्नसक्ने बताइएको छ । यदि फिल्म हस्ताक्षर भएमा अमालको भूमिकामा प्रियंका एक सकारात्मक पात्रको भूमिकामा देखिनेछिन् । ‘बेवाच’मा प्रियंका चोपडाले एक नकारात्मक भूमिका निभाएकी छिन् । प्रियंका चोपडा अमेरिकी टिभी शो ‘क्वाटिको’बाट हलिउड नगरीमा पाइला टेकेकी थिइन् । उनले यस टिभी शोमा अभिनय गरेपछि उनको अभिनयलाई निक्कै रुचाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको