बैशाख ३१ को चुनाव सार्नेबारे बालुवाटारमा बहस

All-patry-meet१५ बैशाख, काठमाडौं । बैशाख ३१ मा हुने भनिएको पहिलो चरणको स्थानीय तह निर्वाचन हुन अब १६ दिन मात्रै बाँकी छ । तर, राजनीतिक दलहरु भने अझै पनि चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने बहसमै अल्झिएका छन् । शुक्रबार बालुवाटारमा यस्तै छलफल भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा धेरै दलहरु जेठ ३१ मा एकै चरणमा चुनाव गर्ने पक्षमा उभिएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको चुनावपछि मतगणना तत्काल गर्ने कि दुबै चरणको चुनावपछि गर्ने र बजेट के गर्ने भन्ने राय मागेका थिए ।

तर, धेरै दलहरुले एकै चरणमा चुनाव गर्न र त्यसपछि बजेट ल्याउन सुझाव दिएका छन् । एकै चरणमा चुनाव गर्दा मतगणना कहिले गर्ने भन्ने बहस नै गर्नु नपर्ने उनीहरुको धारणा थियो ।

‘जेठ ३१ मा मिति तोकिएकै छ, दुई चरणमा चुनाव नगरौं, बजेट त्यसपछि ल्याउँदा हुन्छ भन्ने धेरै दलहरुको राय रहेको छ’ बैठकमा सहभागी एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अनलाइनखबरसँग भने ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले पनि बालुवाटार बैठकमा जेठ ३१ मा एकै चरणमा चुनाव गर्नुपर्ने राय आएको बताए ।

बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले दुई चरणमा चुनाव गर्दा मतपेटिकाको सुरक्षा कसरी गर्ने भन्ने प्रश्न रहेको बताएका थिए ।

सरकारले सुरुमा बैशाख ३१ गते देशभर एकै चरणमा स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो पटक मधेसी मोर्चासँग दुई चरणमा चुनाव गर्ने सहमति गर्दै प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ मा बाँकी चारवटा प्रदेशमा जेठ ३१ मा चुनाव गर्ने निर्णय गरेको छ ।

प्रमुख विपक्षी नेकपा एमालेले पनि एकै चरणमा चुनाव गर्नुपर्ने मत राख्दै आएको छ । सकेसम्म बैशाख ३१ मै गर्नुपर्ने र दुई चरणमै चुनाव गर्नुपर्ने भए जेठ १५ अगाबै हुनु पर्ने एमालेको औपचारिक निर्णय छ ।

जेठ ३१ मा एकै चरणमा चुनाव गर्ने दलहरुको रायबारे सोधिएको प्रश्नमा एमाले प्रमुख सचेतक ढकालले भने, हामी एकै चरणको चुनावकै पक्षमा छौं ।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि एकै चरणमा चुनाव गर्नुपर्ने मत राखेका छन् । मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु पनि जेठ ३१ मा एकै चरणमा गर्ने पक्षमा छन् ।

बजेट असार पहिलो साता

सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै के गर्ने भनेर दलहरुसँग राय मागेका छन् ।

विपक्षी एमालेले दुई चरणको चुनावको बीचमा बजेट ल्याउने प्रस्ताव स्वीकार्य नहुने बताएको छ । बैठकमा नेताहरुले दुई चुनावको वीचमा बजेट ल्याउन नहुने धारणा राखेका छन् । धेरैले जेठ ३१ मा एकै चरणमा चुनाव गर्न र त्यसपछि बजेट ल्याउन सुझाव दिए ।

फोरम लोकतान्त्रिकका नेता चौधरीले अनलाइनखबरसँग भने, ‘मैले नै जेठ १५ मा ल्याउँदा बजेटलाई उपयोग गरेर अनुकुल परिणाम ल्याउनुहुन्छ भन्ने सबै पार्टीबाट आयो । असार पहिलो साता लैजानुस् भनेर सुझाव दिएँ ।’

प्रधानमन्त्री प्रचण्डले पनि यो सुझाव मननीय भएको भन्दै बाधा अड्काउ फुकाउ गरेर असार पहिलो सातामा बजेट ल्याउँदा ठीकै हुने बताएका छन् ।

नेकपा संयुक्तका अध्यक्ष गणेश साहले पनि प्रधानमन्त्रीले चुनावपछि मात्र बजेट आउने संकेत गरेको बताए 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो