योनि चिलाउने : यो महिलाहरुमा हुने सामान्य समस्या हो । भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने । यो समस्यामा सेतो पानी बग्ने तथा योनिका भित्ताहरुमा चिलाउने हुन्छ । चूर्णा परे पनि गुह्द्धारबाट सर्दैसर्दै वर आइपुग्छन् र योनि चिलाउने हुन्छ । हर्षा भएमा, न्यूरोसिस र महिनावारी हुनुभन्दा पहिले पनि यौनी चिलाउने गर्छ । गर्भवती अवस्था यस्तो समस्याले बढी नै सताउछ, राती गुम्सिएपछि त कन्याउँदा घाउ पनि हुन्छ । पिसाब मात्र जाँच गरेमा पनि धेरै कुरा पत्ता लाग्छ । यदि कारण पत्ता लागेन भने चिलाउन रोक्ने उपाय अपनाउनु पर्छ । चिलाउन रोक्ने, निद्रा नपरेमा निद्राको औषधि दिन सकिन्छ । रोग निको पार्ने पहिलो कडी सरसफाई अपनाउनु हो । भल्भमा क्यान्सर भएर चिलाउँने समस्या देखिएको हो, भने यसलाई त शल्यक्रियाबाटै उपचार गर्नुपर्छ ।
रक्तश्राव धेरै हुनु : धेरै दिनसम्म रक्तश्राव भइराखे रक्तल्पता हुनसक्छ । यो रोग होइन तर रोगको लक्षण हो । सामान्य कारणमा पेल्भिक क्षेत्रका दिर्घरोगहरु हुन सक्छन् । अर्को कारणमा, शरीरमा इष्ट्रोजेन हर्मोन बढी निस्कनु पनि हो । धेरै दिनसम्म महिनावारी रोकिएर रक्तश्राव भएमा पनि धेरै रगत हुन्छ ।
अनियमित रक्तश्राव हुनु : यो क्यान्सरको सुरुको लक्षण पनि हुनसक्छ भन्ने कुरा बिर्सन हुँदैन । कुनै पनि महिलाको प्रजनन् को अवस्थापछि पनि रक्तश्राव भएमा क्यान्सर हुन लागेको छ कि भनेर चेक गर्नुपर्दछ । यदि सर्भिक्स देखिएमा पाठेघरको क्यूरेट गरेर जाँच्नु पर्छ । अनियमित रक्तश्राव हुने कारणमा पोलिपको कारणले, गर्भपतन पूर्ण नभएमा, एष्ट्रोजन हार्मोन खाादा खाँदै बन्द गरेमा हुन्छ । रक्तश्रावलाई पूरा जाँच गरेर कारण पत्ता नलगाई त्यत्तिकै छोड्नु हुँदैन ।
महिनावारी : प्रत्येक महिलाले प्रत्येक महिनामा निश्चित समयको अन्तरमा एक किसिमको रक्तश्राव योनिबाट बाहिर निस्कन्छ र यसले गर्भ रहनसक्ने कुराको सङ्केत दिन्छ । यसलाई नै महिनावारी भन्दछन् । यो सामान्यतयाः गर्मी प्रदेशमा १२–१३ बर्षमा र शीतोष्ण प्रदेशमा १५–१६ बर्षमा सुरु हुन्छ र ४५–५० बर्षको उमेरसम्म रहन्छ । कुनै बालिकाको ११ बर्षभन्दा पहिला महिनावारी भएमा र १७ बर्षसम्म पनि नभएमा स्त्रीरोग विशेषज्ञसँग जचाउँनुपर्छ । यो रक्तश्राव हुने प्रक्रिया ३ देखि ५ दिनसम्म हुन्छ । महिनावारी सुरु हुनु किशोरी अवस्था समाप्तिको सङ्केत हो । यसको अर्थ बिहे गरी दिनुपर्छ भन्ने होइन । धेरै रक्तश्राव र कम रक्तश्राव दुबै खतराका सङ्केत हुन । रजस्वला हुँदा करिब ५० मि.लि. रगत बग्छ । एक रजस्वला भएदेखि अर्को रजस्वला हुने अवधिलाई रजस्वला चक्र भनिन्छ । धेरैजसो महिलाहरुको चक्र २१ दिन र २८ दिन हुन्छ ।
रजस्वलापछि अण्डाबाट इप्ट्रोजन निस्कन्छ, करिब १३–१४ दिनपछि एउटा अण्डा वा फुल निस्कन्छ । यसले गर्भाशयमा बच्चाराख्ने शक्ति बृद्धि गर्छ तर गर्भ नरहेमा सानो हुँदै बिलाएर जान्छ । साथसाथै हर्मोनको उत्पादन घट्दै जान्छ र रगतका नली फुटी रगत बग्छ । गर्भ नरहेमा रजस्वला हुन्छ ।
– डा. विष्णुप्रसाद पण्डितको तत्काल डाक्टर नभएमा पुस्तकबाट साभार (साझा सबाल)
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने