मुम्बई । ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्रालाई भेट्न पुगेकी नायिका आलिया भट्टले आफ्ना बडी गार्डलाई मदिरा पिएको आरोपमा निकाली दिएकी छिन् । केही दिनअघि आलिया ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घरमा गएकी थिइन् । सिद्धार्थको बान्द्रास्थित घरभित्र छिर्दैगर्दा उनले आफ्ना ड्राइभर र बडिगार्डलाई भनेकी थिइन्, आसपासमै रहनू, जतिवेला पनि निस्किनुपर्ने हुन सक्छ ।
घर पुगेलगत्तै आलियाले बडिगार्डलाई झपार्न थालिन् । तर, बडिगार्ड भने रक्सी नपिएको बताउँदै थिए । पछि आलियाले घटनाबारे आमा सोनी राजदानलाई भनिन् । भोलिपल्ट बिहानै सोनीले फोन गरेर बडिगार्डलाई जागिरबाट हटाइएको जानकारी दिइन् । – एजेन्सी