April 19, 2017

चार घन्टाको प्रयासपछि आगो नियन्त्रणमा

 ६ भक्तपुर,  वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ ।

आज बिहान सिरुटारको साबिक गाविस भवननजिकै रहेको चापाखर्क सिरुटार खानेपानीको ट्याङ्की रहेकै जमिनमा खानेपानीका लागि जमिनमुनिको पानी निकाल्ने क्रममा हिजो बिहान १०ः१५ बजे एक्कासि आगोको मुस्लो निस्किएको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको रु ३५ लाखको लागतमा सिरुटार खानेपानी आयोजना दोस्रो चरणको काम गर्ने क्रममा १८० फिट गहिरोमा गएपछि एक्कासि आगोको मुस्लो निस्किएको तत्कालीन सिरुटार गाविस अध्यक्ष शशिजङ्ग थापाले बताउनुभयो ।

थापाले भन्नुभयो, “सोमबार बिहान मैले नै यो डिपबोरिङ्को शिलान्यास गरी काम सुरु गरेका हौँ, तर काम गर्दै जाँदा सुरुमा ढुङ्गा भेटियो, त्यसको एक क्षणपछि अचानक आगोको मुस्लो नै निस्कियो ।” आगो निस्किएपछि स्थानीय बासिन्दाको पहलमा आगो नियन्त्रणमा नआएपछि भक्तपुरको जुद्ध बारुणयन्त्रको दुई, काठमाडाँै महानगरपालिकाको एक, ललितपुर उपमहानगरपालिकाको एक र नेपाली सेनाको एकवटा दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयास गरेको थियो ।

दमकलले पानी र आगो नियन्त्रणमा लिने रसायनको प्रयोगसँगै ग्यास निस्किएको पाइपमा माटो र बोरालगायत सामग्री हालेर बन्द गराएपछि दिउँसो २ बजे आगो नियन्त्रणमा आएको थियो । आगो निस्किएपछि मानवीय क्षति नभए पनि डिपबोरिङ गरेको सात मिटर आसपासको क्षेत्रमा रहेको बस्ती जोखिममा परेको थियो ।

आगो निस्किएर पिला गाउँ तनावमय भएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुर, नेपाल आयल निगम, विपद् उद्धार व्यवस्थापन, भूगर्भ विभागका टोलीले अनुगमन गरेका थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख शिभेष झाले आयोजनामा पानीको ग्यास निस्किएकाले यसको खानी तथा भूगर्भ विभागले अध्ययन गरेपछि मात्रै के गर्ने भन्ने निर्णय हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि