अर्कातिर कांग्रेस, एमाले लगायतका दलहरू समेत निर्वाचनको जोड घटाउ र गठबन्धनबाट एकले अर्कालाई सिध्याउने दाउ खेल्दा निर्वाचनबारे आशंका उत्पन्न भएको छ । उता आफ्ना असन्तुष्टि सम्बोधन नभएको भन्दै निरन्तर विरोधमा रहेको मधेसी मोर्चाले समेत निर्वाचन विथोल्ने गरी आम हड्ताल लगायतका कार्यक्रम सार्बजनिक गरिसकेको छ । अर्कातिर सत्तारूढ दलमा पनि निर्वाचन एक चरणमा गर्ने कि दुई चरणमा भन्ने कुरामा अझै दोधार देखिएको छ । यसले गर्दा मुखैमा आएको निर्वाचनको माहोलमा कालो बादल मडारिएको छ ।
माओवादी केन्द्रको दाउ
यतिबेला सत्ताको बागडोर माओवादीले सम्हालिरहेको छ । सत्ता समिकरण अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी बैशाख ३१ गते निर्वाचन सम्पन्न गरी कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने पूर्व भद्र सहमतीको बाध्यता छ । एकातिर निर्वाचन सम्पन्न गराउने चुनौती, अर्कातिर सत्ता हस्तान्तरणको मिति आउनु । निर्वाचनका लागि मधेसी मोर्चा लगायतको अवरोध जस्ता कुराले प्रचण्ड सरकारलाई तातो भात निल्नु न ओकल्नुजस्तो बनेको छ । सबैलाई मनाएर दुई चरणमा निर्वाचन गर्ने मनस्थितीमा छन् प्रचण्ड । तर यसमा कांग्रेस लगायतका दल सहमत छैनन् । एकातिर विभिन्न दलको अवरोधका कारण निर्वाचन गर्न मुस्किल, अर्कातिर दूई चरणमा निर्वाचन गर्न पनि सहमति नजुट्दा अन्यौलता बढेको छ । यहि दाउमा कही दिन सत्ता बढि चलाएर बजेट आफ्नो नेतृत्वमा ल्याएर सत्ता हस्तान्तरण गर्ने मनसायमा छन् प्रचण्ड । केही गरी दूई चरणमा निर्वाचन गराउन सहमति गराउन सके केहीदिन सत्ता पनि लम्बिने, बजेट आफुले ल्याउने वातावरण पनि बन्ने र दुई चरणमा निर्वाचन गर्दा केही सहज हुने माओवादीको बुझाइ छ ।
एनि हाउ, जेठ पहिलो साता आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसको दाउ
एमाले सरकारलाई ढलाएर सत्ता समिकरण बनाएका माओवादी केन्द्र र कांग्रसका बिचमा नौ नौ महिना सरकार चलाउने सहमति भयो । सोही सहमति अनुसार प्रचण्डले चैत्र मसान्त भित्रै स्थानीय निकायको निर्वाचन गराई कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने थियो । तर यो बिचमा स्थानीय निकायको निर्वाचन हुन सकेन । सरकारले बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेको छ । कांग्रेसले बैशाख ३१ गते नै निर्वाचन सकेर जेठ पहिलो सातामै सत्ता हस्तान्तरण गर्न प्रचण्डलाई दबाब दिइरहेको छ । सत्तामा जान खुट्टा उचालेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवा कुनै हालतमा जेठ पहिलो साता भन्दा धेरै प्रचण्ड सरकार लम्ब्याउने पक्षमा देखिँदैनन् । उनले बैशाख ३१ मै एकैचरणमा निर्वाचन गर्नुपर्ने, निर्वाचन नभएपनि पूर्वसहमति अनुसार जेठ पहिलो साता सत्ता हस्तान्तरण गर्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिइरहेका छन् । पार्टीभित्रै निर्वाचनको मिति सार्नुपर्ने माग उठिरहे पनि उनले त्यति वास्ता गरेका छैनन् । देउवाले अहिलेको अवस्थामा निर्वाचन भन्दा पनि सत्तालाई प्रमुख दाउ बनाउँदा प्रचण्ड सरकार झनै अफ्ठ्यारोमा परेको छ र निर्वाचनको माहोल बन्न सकेको छैन ।
गठबन्धनको डरले एमाले शशंकित, बाहिर निर्वाचनमा जाने हतारो, भित्रभित्रै सत्ता पल्टाउने दाउ
अहिलेको अवस्थामा बाहिरबाट हेर्दा निर्वाचनमा जान सबैभन्दा बढि हतारो कसैलाई छ भने एमालेलाई नै छ । पछिल्लो समय राष्ट्रवादी चरित्र देखाएको एमालेले त्यहि नाराले निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्ने दाउ खेलिरहेको छ । तर एमालेको भित्री रहस्य भने अर्कै छ । तराईका जिल्लामा एमाले भावना विरोधी बढ्नु, कांग्रेस र एमालेले गठबन्धन बनाएर निर्वाचनमा जाने तयारी गर्नु, सुरक्षा निकायको रिपोर्टमा एमालेले सोँचेजस्तो जनमत नरहेको जस्ता कुरा सार्बजनिक हुनुले पछिल्ला दिनमा एमाले शशंकित देखिन्छ । अर्को कुरा पार्टी भित्रै फेरी गुट, उपगुट सल्बलाउनु, कमिटिहरूमा विवाद आउनु जस्ता कुराले एमाले पनि एक स्टेप ब्याक भएको देखिन्छ । अर्कोकुरा कांग्रेस र माओवादीको सत्ता हस्तान्तरणको समयमा चलखेल गरेर कांग्रेसलाई रोकि आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा पनि एमाले लागेको देखिन्छ । कसैगरी माओवादी र कांग्रेसका बिचमा फाटो ल्याउन सके आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था आउने भन्दै एमालेको चाल त्यता पनि केन्द्रित छ । प्रतिपक्षको हैसियतले निर्वाचनका लागि सत्तारूढ दललाई दबाब तिब्र बनाउनुपर्ने बेलामा एमाले पनि शशंकित हुनुले निर्वाचनको अन्यौलतालाई झनै बढाएको छ ।
मधेसी मोर्चा : ओलिनो पनि खान्न, ढिको पनि फोर्दिन
नेपालको पश्चिमी भेगमा एउटा उखान छ “ओलिनो पनि खाँदिन, ढिको पनि फोर्दिन” । नुन नहालेको तरकारी पनि नखाने, नुन ल्याउन जा भन्दा पनि नगएर अड्को थापेर बस्ने । यस्तै हविगत देखाएको छ मधसी मोर्चाले । संशोधन प्रस्ताव पेश गर्न दुई तिहाइ नपुगेको अवस्थामा सरकारले विकल्प दिँदा पनि अड्डी कसेर बसेको छ । जनतामा आफ्ना मुद्धा लिएर गएर जनमत आफुतिर पारी सरकारलाई दबाब दिने आँट पनि गर्न नसक्ने, निर्वाचन हुन पनि नदिने गरी मुलुकलाई बन्दी बनाइरहेको छ मधेसी मोर्चाले । न जनाधार तयार पार्न सक्ने, नत जनाधार भएका पार्टीले गरेका निर्णय मान्ने । मेरै गोरूको बाह«ै टक्का गरेर निर्वाचन विथोल्ने अभियान सुरू गर्दा निर्वाचन अन्यौलता बढेको हो । सरकारले दोस्रो पटक संशोधन दर्ता गर्दा पनि चित्त नबुझाएको मधेसी मोर्चाले सम्झौता गरेरै भएपनिसमस्या समाधान गर्ने बाटोमा भन्दा समस्या बल्झाउने बाटोमा उद्धत देखिन्छ । मोर्चाले निर्वाचनमा गएर मुलुकलाई निकास दिनुको साटो जसरी पनि निर्वाचन भाँडेर मुलुकमा अस्थिरता निम्त्याउने काम गरेको छ ।
सबै दलहरूले आआफ्नै स्वार्थ अनुसार काम गर्दा २० वर्ष पछि आउन लागेको निर्वाचन अन्यौलतामा धकेलिएको छ । माघ मसान्तभित्र तीन तहको निर्वाचन जसरीपनि गर्नुपर्ने अवस्थामा अहिले निर्वाचनको वातावरण धमिलनु शुभ संकेत पक्कै होइन । भोलिका दिनमा आउने संवैधानिक र अन्य राजनीतिक जटिलता चिर्न पनि निर्वाचनको विकल्प छैन । आफ्ना असन्तुष्टि जनतामा लगेर जनाधार तयार गरी दबाब दिने अवसर निर्वाचनले दिने भएकाले सबैजना एकजुट भएर निर्वाचनमा लाग्नु आजको टट्कारो आवश्यकता हो ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका