मेनपावर ब्यावसायीको बदमासी : लुकाए ‘फ्रि भिसा फ्रि टिकट’को आर्थिक विवरण

nepali-migrant-workers-arri-e1492494426537काठमाडौं ५ वैशाख । वैदेशिक रोजगार व्यावसायीहरुले आफ्नो आर्थिक विवरण सरकारलाई बुझाउन अटेरी गरेका छन् । सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ कान्र्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग आर्थिक विवरण माग गरेको थियो ।

वैदेशिक रोजगार विभागमा अहिलेसम्म ६ सय ४१ वटा मेनपावरले मात्रै आफ्नो विवरण बुझाएका छन् । विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार १ सय ३ म्यानपावरले भने सरकारी निर्देशनलाई अटेर गरेर आर्थिक विवरण लुकाएका छन् ।

सरकारले ३ पटकसम्म समय विवरण बुझाउन सुचना जारी गर्दा समेत मेनपावर कम्पनीहरुले अटेरी गरेका छन् ।

२०७३ चैतको सुरुवातमा विदेश वैदेशिक रोजगार विभागले ‘फ्री भिसा र टिकेट’मा विदेश गएका कामदारहरुको विवरण मागेको थियो । सुरुमा ७ दिन, पुनः ७ र तेस्रोपटक १० दिन समय दिएर व्यवसायीसँग विवरण माग गरेको थियो ।

अहिले विभागमा झण्डै साढे ८ सय म्यानपावर दर्ता छन् । भने, ७ सय ५४ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाइरहेका छन् । म्यानपावर व्यवसायीले सेवा शुल्कभन्दा निकै बढी रकम लिएर कामदार विदेश पठाएको गुनासो र उजुरी विभागमा दैनिक पर्ने गरेको छ । तर, विभागले ठोस कारबाही गरेको तथ्यांक भने छैन । प्राप्त भएका विवरणहरूमा पनि विभागले सोधिएका सम्पुर्ण विवरणहरू उल्लेख नभएको जनाइएको छ ।

विभागले पटक–पटक म्याद थप गरेपनि कामदारको विवरण नबुझाउने म्यानपावरको नाम भने सार्वजनिक गरेको छैन । सरकारले ०७२ असार २१ गतेदेखि यता ‘फ्रि भिसा र टिकट’मा गएका कामदारको विवरण म्यानपावरहरुलाई ७ दिनभित्रै विभागमा पठाउन श्रम मन्त्रालयले निर्देशन दिएको थियो ।

कामदारको विवरण, देश, कम्पनी, सेवा शुल्क बापत उठाएर बैंकमा जम्मा भएको रकम, विदेशी कम्पनीले टिकटबापत दिएको रकम र हवाइ टिकट र कादार पठाएको एयरलाइन्सको सबै विवरण मागेको गरिएको विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए ।
उता वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ्गले सरकारले फ्रि भिसा र टिकटको नाममा व्यवसायीलाई आतंकीत बनाउन आर्थिक विवरण मागेको बताए । सरकारले ०७२ जेठमा मलेसियासहित ६ वटा खाडी मुलुकमा जाने कामदारलाई रोजगार दाताले नै निःशुल्क भिसा र टिकट दिनुपर्ने निर्णय गरेको थियो । त्यसमा कति कामदार विदेश गए भन्ने सरकारी तथ्यांक छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त