April 16, 2017

झारफुक गर्ने बहानामा जंगलमा लगेर बालिकालाई बलात्कार

पर्वत, वैशाख ३ – तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने बहानामा पर्वतका एक व्यक्तिले ८ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोप लागेको छ । पर्वतको कुश्मा नगरपालिका–२ घर भई जलजला गाउँपालिका–३ बउरमा झारफुक गरी वस्ने ४५ वर्र्षे खिम बहादुर परियारले ८ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेको हो ।

गएको चैत ३१ गते बेलुका ५ बजेको समयमा झारफुकका लागि घरमा पुगेकी बालिकालाई परियारले कुलमा बस्ने मसान लागेकाले पूजा गर्नका लागि जंगलमा जानुपर्ने बहाना रच्दै जंगलमा नै बालिकालाई बलात्कार गरेको पीडित परिवारले जनाएको  । परियारले घरबाट १५ मिनेटको दूरीमा रहेको माटेपानीको जंगलमा बालिकालाई बलात्कार गरेको परिवारको दाबी छ ।

पीडित बालिकाका परिवारले प्रहरी समक्ष परियारले किटानी जाहेरी दिएपछि प्रहरीले पिडक परियारलाई पक्राउ गरेको छ । पीडितको निवेदनको आधारमा परियारलाई पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान पश्चात आइतबार जवरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो