नयाँ शक्ति, बैद्य र विप्लव माओवादीको बालकृष्ण ढुङ्गेल प्रकरणप्रति यस्तो धारणा

balkrishna-speechकाठमाडौं, ३ वैशाख । माओवादी केन्द्रका नेता बालकृण ढुङ्गेल भूमिगत जीवन विताइरहेका छन् । सर्वोच्च अदालतबाट सर्वोश्व सहित जन्मकैद फैसला सुनाइएका नेता ढुङ्गेललाई विहीबार सात दिन भित्र पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि माओवादी आन्दोलनबाट उदाएका दलहरु केहीले बोल्ने हिम्मत गरेका छन् भने सत्तारुढ दल माओवादी केन्द्र चुप बस्ने रणनीति छ । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले विज्ञप्ति नै निकालेर गम्भिर चिन्ता प्रकट गरेको छ ।
‘हालै सर्वोच्च अदालतद्वारा पूर्व सभासद क. बालकृष्ण ढुंगेलको जनयुद्धकालीन मुद्दा ब्युँझाएर फैसला समेत गरी सातदिने पक्राउपुर्जी जारीगरिएकोमा हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ,‘बृहत शान्तिसंझौता अनुसार जनयुद्धकालीन मुद्दाहरु राज्यको तर्फवाट तत्काल फिर्ता लिइनु पर्नेमा झण्डै दश वर्ष वितिसक्दा पनि सो नभएको र सत्यनिरुपण मेल मिलाप गर्नका लागि भनी दुई ओटा आयोगको कानुनी व्यवस्था गरिएकोमा त्यस अनुसार पनि न गरिएको यथार्थ स्पष्ट नै छ । यसरी बृहत् शान्ति संझौताको गंभीर उल्लघन हुँदा पनि त्यस प्रति राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय हो । जनयुद्धको नेतृत्वको एउटा हिस्सा सरकार प्रमुखमा आसीन भैरहनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ताहरु यसरी उत्पीडित बन्नु गंभीर चिन्ताको विषय पनि हो ।’
यता माओवादी केन्द्र भने अहिले चुप बस्ने रणनीतिमा छ । ‘यो सर्वोच्चको अदालतको कानुनी कुरा हो । सरकारको कार्यकारी अधिकारको विषय पनि छँदैछ,’ माओवादी केन्द्रका एक हेडक्वाटर सदस्य भन्छन्,‘अहिले नै हामीले यो विषयमा बोलिहाल्न मिल्ने अवस्था छैन । बालकृष्ण ढुङ्गेलको मुद्दा राजनीतिक मुद्दा हो । यसलाई राजनीतिक तवरबाट नै हल गर्नु पर्छ ।’
नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटा पार्टीले आधिकारीक विज्ञप्ति निकाल्न नसक्ने बताए । ‘अब क्रिमिनल जस्टिस र ट्रान्जिनसल जस्टिस छुट्याउनु पर्छ । सत्य निरुपण आयोग बनाएर काम गरिरहेको छ । यो द्वन्दकालको घटना हो,’ उनले भने,‘ बालकृष्ण ढुङ्गेलको मुद्दालाई नियमित फौजदारी जस्टिस भित्र राखेर हेर्न हुँदैन । ट्रान्जिश्नल जस्टिस भित्रबाट समाधान गरिनुपर्छ ।’
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आधिकारीक रुपमा धारणा बाहिर ल्याएको छैन । यद्धपी प्रचार विभागका नेता गुणराज लोहनीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राखेका छन् । ‘सर्वोच्च अदालतले बालकृष्ण ढुङ्गेललाई ७ दिन भित्र गिरफ्तार गर्न आदेश दिएको छ । अहिलेको सरकारका प्रधानमन्त्री जनयुद्धका प्रमुख कमाण्डर छन् । उनको सरकारको गृहमन्त्रालय अन्तर्गत रहेको प्रहरीले ढुङ्गेललाई गिरफतार गर्न सक्छ,’ तथ्यांक प्रस्तुत गर्दै लोहनीले लेखेका छन्,‘शान्ति मन्त्रालयको तथ्यांक अनुसार राज्यद्वारा ८ हजार ५ सय २५ जना माओवादीको आरोपमा मारिएका छन् भने १ हजार ५४ जना बेपत्ता छन् । यो राज्यले यही चाहेको हो भने ८ हजार ५ सय २५ जनालारई हत्या गर्न र १ हजार ५४ जनालाई बेपत्ता पार्न आदेश दिनेलाई के गर्ने ? चुप लागेर बस्ने अवस्था रहेन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री