फिल्म- बेगम जान
निर्देशक- श्रीजीत मुखर्जी
प्लट– बेगम जान श्रीजीत मुखर्जीको राष्ट्रिय अवार्ड जितेको बंगाली फिल्म ‘राजकाहिनी’ को हिन्दी रिमेक हो ।
स्टार कास्ट– बिद्या बालन, इला अरुण, गौहर खान, पल्वली शारदा आदि ।
शैली- पीरियड ड्रामा
प्लट
फिल्मको कथा सुरु हुन्छ नयाँ दिल्लीको कनट प्लेसमा २०१६ मा भएको एक भयानक घटनाबाट । त्यसपछि फिल्मले दर्शकलाई ७० बर्षअघिको भारतिय परिवशेमा डोहोर्याउँछ, जतिबेला भारत स्वतन्त्र भएपछि रगतको आहालमा डुबिरहेको थियो । सर साइरिल रेडक्लिफले देशलाई दुई भागमा बाँडेका थिए र आफ्नो परियोजनामा उनी सफल पनि भएका थिए ।
कथा
भारत विभाजनको चपेटामा बेगम जान (बिद्या बलन)को कोठा पनि पर्छ । उनको हातमा पत्र पर्छ कि, ‘भारत वा पाकिस्तानको बिचको बाटो बनाउनका लागि तिम्रो कोठा हटाउनुपर्छ ।’ उनी वेश्यालयमा हुन्छे । बेगम जान यसरी विभाजनको रेखामा पर्न चाहदैनन् । यहिबाट कथामा ट्वीस्ट आउँछ ।
अब सरकारी षड्यन्त्र, दवाव सुरु हुन्छ । बेगम जानका साथै यस बेश्यालयमा बस्ने १० महिला र २ पुरुष आफ्नो अस्तित्व रक्षाका लागि खडा हुन्छन् । उनीहरु आफ्नो स्थान सुरक्षित गर्न बिद्रोह गर्छन् ।
कस्तो छ फिल्म ?
बिवाहपछि लामो समय विश्राम लिएकी बिद्या बालन यहि फिल्मबाट बलिउड फर्किएकी छिन् । उनको उपस्थिती फिल्मको धडकन हो । उनको हुलिया, बोल्ने शैली, लवज सबै चरित्र अनुसार हुबहु मिल्दो छ । उनी आफ्नो कामलाई सबैभन्दा बढी महत्व दिन्छिन्, देशको राजनीतिक उथलपुथलप्रति उनलाई कुनै मतलब छैन । उनी जहाँ बस्छिन्, त्यहाँकी रानी हुन् । भलै उनी आफ्नो शब्दमा नियन्त्रण गर्न सक्दैनन् । यद्यपी कठोर बेगम जानको भित्र एकदमै मायालु मन पनि छ ।
बेगम जानको भूमिकामा बिद्या बालन एकदमै फिट छिन् । उनले आफ्नो चरित्रलाई कहिंपनि भद्दा र अस्वभाविक हुन दिएकी छैनन् । एक दृश्यमा उनी भन्छिन्, ‘महीना हमें गिनना आता है साहब…..हर बार लाल करके जाता है ।’ यसका साथै पल्लवी शारदा (गुलाबो)को अभिनय जोडदार छ, जसको अतित निकै दुखदायी छ । बिद्या बालनसँग स्क्रिन शेयर गर्नमा उनले स्वंमका लागि स्थान बनाएका छन् । गौहर खान पनि रुबिनाको भूमिकामा जमेकी छिन् ।
निर्देशन
श्रीजीत मुखर्जीले नेशलन अवार्ड जित्ने फिल्म राजकहिनी बनाएका थिए, जसको हिन्दी रिमेक हो बेगम जान । भारत विभाजनको संघारको पृष्टभूमीमा उनले एउटा बेश्यालयभित्रको कथा पस्किएका छन् । फिल्मको अवधारणा एकदमै बोल्ड छ । समग्रमा फिल्म शानदार छ । यसको सिनेम्याटिग्राफी, ड्रोन क्यामेराले लिएको सट, संवाद राम्रो छ । कथा अनुसार स्क्रिनप्लेमा भने सुधार गर्न सकिन्थ्यो । साथै सम्पादनमा पनि सुधार गर्ने ठाँउहरु छन् ।
प्रस्तुती
फिल्मको कास्टिङ शानदार छ । विवेक मुश्रान, चंकी पान्डे, राजेश शर्मा, रंजित कपूर, आशीष विद्यार्थी, पल्लवी शारदा, इला अरुण जस्ता कलाकारको काम स्वभाविक र सहज देखिन्छ । पितोबास त्रिपाठी र गौर खानले सरप्राइसको रुपमा पर्दापण हुन्छन् । बेगम जानको भूमिका बिद्या बालनले उत्कृष्ट ढंगले निर्वाह गरेकी छिन् । नसीरुद्दीन शाहको छोटो भूमिका छ तर, सम्झनलायक । अमिताभ बच्चनको आवाज सुत्रधारको रुपमा सुनिन्छ ।
संगीत
फिल्मको संगीत राम्रो छ । आशा भोसलेले गाएको ‘प्रेम में तेहरे’ अरिजीत सिंह र श्रेय घोषालले गाएको ‘सुबह’ कथासँग मिल्दो छ । बाँकी गीतले भने फिल्मको गतिलाई कमजोर बनाएको छ । फिल्ममा ‘बाबुल मोरा नैहर’ बोलको लोकगीत पनि सुन्नलायक छ ।
कमजोर पक्ष- फिल्मको केहि प्लट यस्तो छ, जो दृश्यसँग कनेक्ट गर्न मुश्किल हुन्छ ।
सबल पक्ष- पर्फमेन्स, कथा र संवाद ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको