सर्लाहीको मुसहर बस्तीमा कालाजार फैलियोः ८ को मृत्यु, १३ बिरामी

1688554964kalifecycle३१ चैत।सर्लाही– सर्लाहीमा कालाजार रोग फैलिएको छ। रोगका कारण ८ जनाको मृत्यु भैसकेको छ भने १३ जना बिरामी भएका छन्।

सर्लाहीको ईश्वरपुर राइटरखोरमा कालाजारकै कारण ८ जनाको मृत्यु भएको काठमाडौंबाट गएको स्वास्थ्य टोलीले पुष्टि गरेको छ । बिरामीको भने जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको छ।

स्वास्थ्य टोलीले जिल्लामा दिएको जानकारी अनुसार कालाजारका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने सोही परिवारको अर्का एक जनामा पनि कालाजार देखिएको छ। टोलीले दिएको जानकारी अनुसार एकै परिवारमा मृत्यु हुनेमा ६० वर्षीय मखन माझी, उनका ३० वर्षीय छोरा मेघो माझी, २५ वर्षीया बुहारी जहरी माझी छन्। सोही परिवारका १३ वर्षीय दिपेशलाई पनि रोगले सताएको छ। उनको मलंगवा अस्पतालमा उपचार भैरहेको छ।

कालाजारकै कारण सोही टोलका ५० वर्षीय नथुनी माझी, उनका २३ वर्षीय छोरा विक्रम माझी छन्। विक्रमकी २० वर्षीया श्रीमती पानबती माझीलाई पनि रोगले सिकिस्त बनाएको टोलीले जानकारी दियो।
यसैगरी, विलास माझी र भुट्टा माझीको पनि मृत्यु भएको छ। उपचारका लागि अस्पतालमा ल्याइएकी राम दुलारी माझीको पनि सोमबार साँझ मृत्यु भएको टोलीले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

कँडेलका अनुसार मर्ने सबैमा एकै प्रकारको लक्षण देखापरेको छ । उनीहरूलाई पेट फुल्ने, टाउको फुल्नेलगायत लक्षणले साह्रो पारेको थियो ।

रोगले गाउँले थलिएपछि उनकै पहलमा बिरामीहरु दीपेश माझी, राजेश माझी, परीक्षण माझी, सन्नी माझी, रिंकु माझी, दशैं माझी, रविन माझी, रविन मल्लिक, सञ्जय मल्लिक, कशमिरा थापा मगर, मानो माझी, पानवती माझी र चाँदनी पासवानलाई अस्पताल भर्ना गरिएको छ ।

झुल नहाल्ने, खाना छापेर नराख्ने र जनचेतना अभावले पनि कालाजार भएको हुनसक्ने अनुमान गरिएको छ।

यो रोग एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने गर्दछ। कालाजारको परजीवीले सबैभन्दा बढी शरीरका महत्त्वपूर्ण र संवेदनशील अंगमा प्रभाव पार्छ। रोगीलाई टोकेको भुसुनाले स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्छ। यस्ताखाले भुसुना गोबरमाटोले लिपेर ओसिलो भएको घरको भित्ताका चिरा र प्वालमा बस्ने गर्छन्।

गाईभैंसीको गोठ, फोहोरमैला थुप्रिएको ठाउँ, दाउरा राख्ने ठाउँ, मुसाको दुलो आदिमा यस्ता भुसुनाले फुल पार्छ। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि