यी डल्ला समयक्रममा बिलाएर जान्छन् तर तीबाट तपाईं साँच्चिकै चिन्तित हुुनुहुन्छ भने तिनलाई छिट्टै हटाउने उपाय पनि छन् ।
१ छालाको हेरचाह
छालालाई बेवास्ता गर्दा यस्ता डल्ला निस्कन्छन् । त्यसैले तपाईंले नियमित रूपमा मुख धुने गर्नुपर्छ । धोएपछि राम्रो मोइस्चराइजर दल्नुहोला ।
२ सउना
तातोपानी भएको कोठा ९सउना०मा गएर बस्नुभयो भने पनि डल्ला हट्छन् । वाफले छालाका छिद्र खोल्छ । छिद्र खुलेपछि डल्लालाई बिस्तारै रगडेर फाल्न सकिन्छ ।
३ घामबाट बच्ने
घाममा धेरै हिँड्दा पनि डल्लाहरू बढ्छन् र तिनीहरूलाई हटाउन गाह्रो हुन्छ । त्यसैले सकेसम्म घाममा नहिँड्ने वा सनब्लक क्रीम लगाएर हिँड्ने गर्नुपर्छ ।
४ मह
महमा मोइस्चराइजर हुन्छ र एन्टीअक्सिडेन्टहरू पनि हुन्छन् । यसले डल्लालाई छिटो हटाउन मद्दत गर्छ ।
५ कागती
छाला घोट्ने स्क्रबमा कागती हालेर तपाईंले डल्ला फ्याँक्न सक्नुुहुन्छ । कागती टुक्रा पारेर त्यसलाई निचोर्नुस् र रसमा दुई चम्चा चिनी र एक चम्चा जैतूनको तेल मिसाउनुस् । यो मिसावटलाई स्क्रबमा राखेर अनुहारमा केही मिनेटसम्म घोट्नुस् । त्यसपछि बीस मिनेट त्यत्तिकै बस्नुस् अनि मनतातो पानीले मुख धुनुस् ।
६ मकैको माँड र चूक अमिलो
मकैको माँडमा चूक अमिलो मिसाएर अनुहारमा दल्दा डल्ला गायब हुन्छन् । स्याउबाट बनेको चूक अमिलो एक चम्चामा राखेर पेस्ट बन्ने गरी मकैको माँड मिसाउनुस् । त्यसपछि डल्लामा दल्नुस् अनि आधी घन्टा त्यत्तिकै छाड्नुस् । त्यसपछि मनतातो पानीले धुनुस् ।
७ मेथी
मेथीमा एन्टीअक्सिडेन्ट तत्वहरू हुने भएकाले यसको पेस्ट बनाएर छालामा दल्दा डल्ला र डण्डीफोर समेत हटेर जान्छ ।
८ अनार
अनारलाई सुकाएर धूलो बनाउँदा पनि डल्लाहरूको समस्या समाधान हुन्छ । डण्डीफोर समेत हटाउँछ यसले । यसमा एन्टीअक्सिडेन्ट र भिटामिन सी हुने भएकाले छालाका विभिन्न समस्याको समाधान गर्छ । अनारको बोक्रालाई सुकाएर भुट्नुस् । गाढा खैरो नहुन्जेल भुट्नुहोला । त्यसपछि यसलाई धूलो बनाएर पानीमा भिजाउँदै डल्लामा दल्नुस् । एक हप्तासम्म यो विधि अपनाउनुभयो भने डल्ला भाग्छन् ।
यत्तिका उपाय गरेपनि डल्ला हटेनन् भने चाहिँ चिकित्सकको परामर्श लिनुपर्छ ।
सावधान, यो विधि बच्चाहरूमा नअपनाउनु होला । माथि बताइएका कुराले घोट्दा उनीहरूको कमलो छाला बिग्रन सक्छ ।
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै
२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी