गोरोपनमा कमी आउने धेरै कारणहरु हुनसक्छन्, जस्तो निरन्तर तेजिलो घामको प्रकाश, प्रदुषण, चाउरीपना या अनुहारमा भएका दाग-धब्बाहरु । अनुहारलाई सफा र सुन्दर बनाउनका लागि आजकाल बजारमा फेसवासदेखि लिएर अन्य विभिन्न प्रकारका उत्पादनहरु पाइन्छ । तर बजारमा पाइने छालाको सुरक्षा गर्ने भनिएपनि तिनीहरु स्वास्थ्यका लागि हानिकारक हुने गरेको पाइएको छ । तर राम्रो यो हो कि तपाई आफ्नो घरमै उपलब्ध हुने प्राकृतिक चिजहरुको प्रयोगले पनि छालालाई गोरो बनाउन सक्नुहुनेछ ।
तपाईले छाला गोरो बनाउनका लागि बजारका उत्पादनहरु प्रयोग गर्दै आउनुभएको छ भने अब त्यो झन्झट नगर्नुहोस् । किनकी आज हामी तपाईलाई एक यस्तो घरेलु उपायबारे जानकारी गराउँदै छौं कि जसले सात दिनमै तपाईको छालामा ह्वात्तै गोरोपना बढेर आउँछ ।
सामग्री :-
पाकेको गोलभेडा र ताजा दुध
विधि :-
यस प्रयोगलाई तयार गर्नलाई मान्नुस् बच्चाको काम हो ।
-पहिले गोलभेडालाई काटेर टुक्रा-टुक्रा पार्नुहोस् । त्यसको बियाँ निकाल्नुहोस् ।
-अब टमाटरको गुदीको रस निकाल्नुहोस् ।
-अब टमाटरको गुदीको रस र नमालेको दुधलाई मिसाउनुहोस् । अब तपाईको मिश्रण तयार भयो ।
-तयार भएको मिश्रणलाई दिनहुँ अनुहारमा करीब पन्ध्र मिनेट जति मालिस गर्नुहोस् र त्यसपछि अनुहार धुनुहोस् ।
यस मिश्रणले केवल एक हप्तामा नै तपाईको अनुहारमा निखारता, चमक एवं गोरोपना ल्याउँछ ।
युनिसेफलाई गैरकानुनी रुपमा ५०० ल्यापटप किनाएर बेवारिसे बनाइएपछि विभाग र युनिसेफमा उच्चअधिकारीहरु तनावमा २०८० जेठ,१
बुटवल, १ जेठ । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ
बैशाख २५, सुर्खेत ।जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) सुर्खेतको सोमबार वीरेन्द्रनगर नगरपालिका वडा
३ वैशाख,काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै
२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द