सलमानले क-कसललाई थप्पड हानेका छन् ?

salman-khan-768x494

दबंग ब्वाई’ सलमान दयालु छन्, आक्रमक पनि । उनी बेलावखत सहकर्मीलाई थप्पड हान्न पनि पछि पर्दैनन् । यस्तै कृत्यले उनलाई धेरै पटक फन्दामा समेत पारेको छ ।

जब सलमानको थप्पडको प्रसंग आउँछ, ऐश्वय राय बच्चनको सम्झना हुन्छ । सलमानकी पूर्व गर्लफ्रेण्ड  ऐश्वर्यले सलमानको झोंक नजिकबाट अनुभव गरेकी छिन् । उनले के समेत भन्ने गरेकी छिन् भने, ‘सलमानले ममाथि कुटपिट समेत गर्‍यो ।’ ऐश्वर्यलाई पत्याउने हो भने, त्यसबेला सलमान उनको फ्ल्याटमा आएर हंगमा मच्याए । सलमान रक्सीले फिट्टु थिए । त्यहीबला हो, सलमानले ऐश्वर्यमाथि हात उठाएको ।

तर, सलमानले २००२ मा एउटा अन्र्तवार्ता मार्फत उक्त कुराको खण्डन गरेका थिए, जो अहिले फेरी भाइरल भएको छ । सलमानले भनेका छन्, ‘जब मलाई रिस उठ्छ, म कसैलाई कुट्दिन । बरु, भित्तामा मुड्की बजार्छु ।’ यद्यपी उनले चर्चित फिल्म मेकर सुभाष घईको गाला चड्काएको कुरा स्विकारेका छन् । सुभाषले आफुलाई रिस उठाएको र गर्दनमा समातेकाले गर्दा थप्पड हानेको सलमानले बताएका छन् ।

यो घटना त्यसबेलाको हो, जतिबेला रणबीर कपुर फिल्म उद्योगमा आएकै थिएनन् । एक नाइट क्लबमा पार्टी गरिरहेका थिए । सलमान त्यहाँ पुगे । रणबीरलाई सलमानले खासै चिनेका पनि थिएनन् । त्यहाँ विवाद भयो र सलमानले रणबीरको गाला चड्काइदिए । यो कुरा रणबीरले पिता ऋषि कपुरलाई सुनाए । ऋषि मार्फत यो कुरा सलमान पिता सलीम खानसम्म पुग्यो । सलिम एकदमै दुखी भए, सलमानलाई गाली गरे र तुरुन्त माफी माग्न लगाए । सलमानले पिताको आदेश शिरोधर गरे ।

केही समय पहिले उनले कटरिना कैफलाई समेत चड्काएका थिए । एक फिल्मको छायांकनमा कामुक पहिरनमा देखिएकी कटरिनालाई सलमानले चेतावनी दिदै थप्पड हानेको चर्चा छ । मध्यन्ह एक कफि सपमा कटरिनालाई सबैको सामुन्ने सलमानले थप्पड हानेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको