सिरिया : तेस्रो विश्वयुद्धतर्फ अघि बढ्ने क्रममा, कुन देशले कसको साथ देला ?

Trump-and-Putin

एजेन्सी । सिरियामा भएको रासायनिक हमलापछि संसारका दुई ठूला मुलुकहरु आमनेसामने भएका छन् । सिरियाको असद सरकारको बचाउको निम्ति रुसले आफ्ना शस्त्रहरुसमेत पठाइसकेको छ । उता, अमेरिकी विदेश मन्त्री टिलरसनले भने सिरियाका विद्रोही ठाउँहरुमा भएका रासायनिक हमला रुसको कारण भएको बताएका छन् । यस्ता बढ्दा घटनाका क्रम बढ्दै गएपछि अब के यी तेस्रो विश्वयुद्ध हुने संकेत हुन् ?

यदि हो भने यसमा कुन देशले कसको साथ पाउला त ? अमेरिकालाई साथ दिने मुलुकहरु कुनकुन हुन् ? सिरियामा गृहयुद्ध सुरु भएदेखि नै अमेरिकी मुलुक त्यसको विपक्षी थियो । अन्य नेटोका सहयोगी देशहरु ब्रिटेन, फ्रास, जर्मनीलगायतका देशहरु अन्तर्राष्ट्रिय परिवेशमा अमेरिकाकै पक्षमा लागेको देखिन्छ । सिरियाको छिमेकी देश टर्की भने पहिलेबाटै अमेरिकाको पक्षमा भइसकेको छ । सिरिया बोर्डरमा रुसको विमान खसेदेखि टर्की र रुसबीच तनाव थियो । यसरी अमेरिकी समर्थक देशहरु अहिले इटलीमा भेटवार्ता गर्दै रुसलाई सिरियाबाट कसरी टाढा रहन दबाब दिन सकिन्छ भन्नेबारे छलफल भइरहेको अनुमान गरिन्छ ।

ब्रिटेन
ब्रिटेन सरकारले अमेरिकी हमलाको पूरा समर्थन गर्दै त्यसलाई उचित र सिमित रहेको बताए ।

टर्की
टर्कीका राष्ट्रपति तैयप अर्दोआनले अमेरिकी आक्रमण सिरियामा भइरहेको कथित युद्धको सही जवाफ रहेको बताएका छन् ।

इजरायल
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले एउटा बयान जारी गराएर अमेरिकी हमलाको साथ दिएका छन् ।

फ्रान्स
फ्रानस बाहिरबाट हेर्दा अमेरिकाको साथमा देखिएपनि युद्धका बेलामा भने अलिक हिचकिचाउने गरेको छ । पेरिस हमलापछि फ्रान्सले सिरियामा बमबारी गराउँदा रुससँग तनाव सिर्जना भएकोले सायद अब अमेरिकाकै पक्षमा देखिन सक्छ फ्रान्स ।

साउदी अरब
अमेरिका जसरी नै साउदी अरब पनि सिरियाका असदलाई कुनै पनि हालतमा हटाउनुपर्छ भन्ने पक्षमा छन् । सन् २०१३ मा असदले साउदी अरबमा गरेको हमलाविरुद्ध अमेरिका नबोलेका कारण रिसाएको थियो तर अहिलेको अवस्थामा भने अमेरिकी नेतृत्वको आइएसविरुद्धको लडाइँमा साउदी अरबले पनि साथ दिँदै आइरहेको छ ।

रुसका पक्षमा कुुुन-कुन देश ?
अहिले रुस, इरान र सिरिया सरकार अमेरिकी हमलाको जवाफ दिने पक्षमा जुटेका छन् । अमेरिकाले गत हप्ता गरेको सिरिया हमलापछि रुसले यसको कडा आलोचना गरेको थियो । सिरियाका असदलाई राष्ट्रपति ट्रम्पले सञ्चार माध्यमकै अगाडि नानाथरी आरोप लगाएका थिए । यस कारण यी मुलुकहरु एकआपसका विरोधी रहेका छन् ।

इरान
सिरियाका राष्ट्रपति बशर अल असदका समर्थक इरानले अमेरिकी आक्रमणका विरुद्धमा पहिले नै कडा प्रतिक्रिया जनाएका थिए ।

चीन
चीन सरकारले भने सिरियाको बिग्रँदो हालतप्रति चिन्ता व्यक्त गरेको छ । कुनै पनि देशमा हुने रासायनिक हतियारको प्रयोगप्रति चिनियाँ सरकारले सधैँ विरोध गर्ने गरेको छ भने उतातिर सिरियाको अवस्थामा सुधार ल्याउनुपर्ने कुरामा पनि चीनले जोड दिँदै आएको छ ।

-आजतकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद