
समितिको आईताबार बसेको बैठकले बैशाख २ गते भित्र एनसेलबाट पूँजीगत लाभकर असुल गर्न दिइएको पुरानै निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयलाई सचेत गराएको हो ।
प्रधानमन्त्रीसँग सोधपुछ गरेपछि पूँजीगत लाभकर प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै असुली गर्ने पुरानै निर्णय कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
समितिले यस अघि नै एनसेलबाट पूजीगत लाभकर उठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ । आयकर ऐन २०५८ अनुसार एनसेलले नै पुँजीगत लाभकर असुल गर्नुपर्ने समितिले दिएको निर्देशनमा उल्लेख गरिएको छ । अर्थ मन्त्रालयले समितिले दिएको निर्देशन अनुसार एनसेलको पूजीगत लाभकर उठाउन विज्ञसम्मिलित कार्यदल नै बनाएर काम सुरु गरिसकेको छ ।
समितिले एनसेलको हरेक पटकको कारोबारमा कर छलीको प्रयास गरेको भन्दै दोषीमाथि कडा कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पुनः निर्देशन दिएको छ ।
१२ औं पटकसम्म एनसेलको कारोबार भएकाले कर छली गर्ने निकायको पहिचान गरी कार्वाही गर्न अख्तियारलाई पनि सचेत गराउने निर्णय लिइएको समितिका सभापति उपाध्यायले बताए ।
समितिले यस अघि नै एनसेल कर छलीमा संलग्नहरुलाई कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।
समितिको पुस १० गते बसेको बैठकले अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई एनसेलको कर असुलीसम्बन्धि ठोस धारणा तय गर्न निर्देशन दिएको थियो ।
एनसेलको सेयर टेलियासोनेराले १ खर्ब ४० अर्बमा मलेसियाको आजियाटालाई विक्री गरेपछि त्यसको पूँजीगत लाभकर तीर्ने दात्यित्व पनि एनसेलकै हुने विज्ञहरुको पनि सुझाव छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक