रिलिजअगावै शाहरुखको फिल्मले कमायो एक सय १५ करोड

Shahrukh_Khan

मुम्बई । हालका दिनमा रिलिजअगावै स्याटलाइट राइट्स र म्यूजिक राइट्सका माध्यमबाट फिल्महरुले मोटो रकम कमाउँदै किर्तिमानहरु बन्दै गएको पाइन्छ । जहाँ रजनीकान्तको फिल्म ‘२.०’ र ‘बाहुबली २’ को पहिले नै टक्टर देखिएको थियो । उता शाहरुख खानको फिल्मले पनि रिलिज अगाडि नै कमाई गर्ने मामलामा किर्तिमान बनाइसकेको छ ।

बलिउड हंगामाको एक खबरका अनुसार शाहरुख खान र अनुष्का शर्माको आउँदै गरेको फिल्म ‘रौला’ ले रिलिजअगावै वितरण अधिकारको माध्यमबाट सय करोड कमाइसकेको छ र म्यूजिक राइट्स १५ करोडमा बिक्री भएको छ । अर्थात, शाहरुख खान र अनुष्का शर्माको यस फिल्मले रिलिजअघि नै एक सय १५ करोड कमाइसकेको छ ।

अझ अचम्मको कुरा त के छ भने यस फिल्मको न कुनै ट्रेलर वा टिजर रिलिज भएको छ न गीत नै, तर पनि फिल्मले एक सय १५ करोड कमाएर नयाँ तरिकाबाट नयाँ किर्तिमान बनाएको छ ।

‘रौला’ लाई इम्तियाज अलीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको