सीमास्तम्भ मर्मत गर्न भारत उदासीन

sima-stambha-58e831274e3a95.81795641झापा, २६ चैत । नेपाल–भारतबीचका सीमास्तम्भ बनाउने, मर्मत गर्ने तथा हराएका ठाउँमा स्तम्भ राख्ने काममा भारत उदासीन देखिएको छ ।

विगत तीन वर्षदेखि नेपाल र भारतका नापीका अधिकारी सम्मिलित टोलीले दुई देशबीचका सीमा रेखांकन गर्ने काम गरिरहे पनि सीमास्तम्भ बनाउने कामका लागि भारतले बजेट निकासा नगरेपछि भारतको जिम्मा रहेको काम हुन नसकेको हो ।

भारतको जिम्मामा रहेका सीमास्तम्भ बनाउने तथा मर्मत गर्ने काम विगत एक वर्षदेखि शून्य रहेको भारतीय अधिकारीहरूले नै बताएका छन् ।

नेपाल पक्षले भने करिब ८० प्रतिशत काम सकेको बताएको छ । नेपालले बिजोडी र भारतले जोडी नम्बरका सीमास्तम्भको काम गर्ने सम्झौता भएको नेपाली तथा भारतीय अधिकारीले बताए ।

अहिले झापाको घेराबारीमा नेपाल र भारतबीच सीमा क्षेत्र कायम गर्ने र हराएका सीमास्तम्भ भएको ठाउँ पत्ता लगाउने काम भइरहेको छ । नेपालले बिजोडी नम्बरका सीमास्तम्भ बनाएर लगभग अन्तिम चरणमा पुर्‍याएको छ ।

बिजोडी नम्बरका मुख्य स्तम्भ र तिनका सहायक स्तम्भहरूको समेत निर्माण गर्ने, सिमेन्ट लगाउने तथा रंगरोगन गर्ने काम धमाधम भइरहेको छ ।

दक्षिण झापाको नेपाल–भारत सीमाबाट हराएका सीमास्तम्भहरू कसरी खोजिन्छ भन्ने जानकारी दिँदै नेपाल–भारत सीमा सर्वेक्षणका नेपालतर्फका प्रमुख नापी अधिकृत सुशील डंगोलले भन्नुभयो, ‘हामी पहिला मेसिन लगाएर सीमा बिन्दु पत्ता लगाउँछौं अनि हराएका पिलर कहाँ थिए भन्ने पत्ता लागिहाल्छ ।’

भारतले जोडी नम्बरका र नेपालले बिजोडी नम्बरका सीमास्तम्भ बनाउने सहमति भए अनुरूप नेपालतर्फबाट अधिकांश सीमास्तम्भ बनाउने, मर्मत गर्ने र सही स्थानमा राख्ने काम भइसकेको डंगोलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो जिम्मामा आएको अधिकांश काम सकेका छौं तर भारततर्फबाट यो वर्षको प्रगति शून्य छ । त्यसकारण काम कहिले सकिन्छ भन्नेमा हामी नै अन्योलमा छौं ।’

गएको एक वर्षभित्रमा भारततर्फबाट संयुक्त टोलीमा सीमा कायम गर्ने कामबाहेक कुनै पनि स्तम्भ बनाउने, मर्मत गर्ने र स्तम्भलाई सही स्थानमा राख्ने काम नभएको नेपाल तथा भारतका नापी अधिकारीले बताए ।

संयुक्त नापी टोलीका भारतीय अधिकारी देहरादुनका नरेश कुमारका अनुसार गएको वर्षयता भारतले सीमास्तम्भका लागि पैसा नछुट्याएका कारण भारतीय पक्षले सीमास्तम्भको काम गर्न नसकेको हो ।

उहाँले भन्नुभयो, ‘भारतका लागि सीमास्तम्भ बनाउने काम भारतीय सशस्त्र सीमा सुरक्षा बलको हो तर सरकारले पैसा नदिएकाले यो कुनै वर्ष कुनै पनि काम हुन सकेन ।’ उहाँ नेपालकै टोलीसँग सीमा कायम गर्ने काममा खटिनुभएको छ ।

नेपाली अधिकारीका अनुसार भारतले अहिलेसम्म जम्मा कामको ४० प्रतिशत काम मात्र सम्पन्न गरेको छ ।

नेपालका प्रमुख नापी अधिकृत डंगोलका अनुसार पूर्वी नेपालका झापा र सुनसरीमा सीमा क्षेत्रका अतिक्रमित जग्गाको लगत संकलन गर्ने काम भइसकेको र मोरङमा उक्त काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक