गोरखा, चैत २५ – स्थानिय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा गोरखामा पनि यसको सरगर्मी बढ्न थालेको छ । जिल्लामा कृयाशिल राजनीति दलहरु नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एमाले र नयाँ शक्ति पार्टी नेपालले यतिबेला चुनावी माहोललाई निकै तताएका छ ।
स्थानिय स्तरका नेताहरु यहि मौका छोपि गाउँ÷टोल प्रवेश गर्न थलिसकेका छन् । अरु बेला जनताले गरेको नमस्कार फर्काउने फुर्सद नभएका उनीहरु यतिबेला भने जनतासँग हात जोडेर मत माग्दै हिँडेको हेर्न पनि कम्ता रमाइलो छैन । गोरखामा नयाँ स्थानिय तह संरचना अनुसार २ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन् ।केहि समय अगाडि स्थापना भएको दल नयाँ शक्तिले पनि अन्य दलसँगै गोरखामा आफ्नो चुनावी माहोल र प्रचार प्रशार राम्रो बनाउँदै लगेको छ ।
खास गरी पालुङटार नगरपालिकालाई नयाँ शक्तिले आफ्नो बिजय किल्लाकै रुपमा विश्लेषण गरेको छ । नयाँ शक्तिका पालुङटार नगर संयोजक अशोक देबकोटाले पालुङटारमा नयाँ शक्तिको जित सुनिश्चि भएको बताए । देबकोटाले आफूहरुले नगरलाई पाँच वर्ष भित्र देशकै नमुना नगरपालिका बनाउने उदेश्यकासाथ काम थालेको पनि बताए ।
नयाँ शक्तिले यतिबेला पलुङटारमा घरदैलो अभिआनलाई तिब्रता दिएको संयोजक अशोक देबकोटाको भनाइ छ । उनले भने,‘यहि नगरपालिकामा डा.बाबुराम भट्टराईको मतदाता नामावलिसमेत भएको हुनाले हामीलाई हार्न छुट छैन ।’
उनका अनुसार यतिबेला गाउँका युवाहरुले वैदेशिक रोजगारीमा गएका स्थानिय मतदाहरुलाई आफ्नो मत अधिकार सदुपयोग गर्न र स्वदेशमै फर्किएर स्वरोजगार गर्नतर्फ आग्रह गर्न थालेका छन् । विदेशिएका नेपालीहरुलाई स्वदेश फर्काउन समाजिक सञ्जालमार्फत आग्रह गरिएको पनि देवकोटाले बताए ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्