मेट्रो दैनिक २२ चैत, काठमाडौं ।
सोमबार बिहान ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चितुवा देखिएको भनि ठुलै हँगमा मच्चियो । हिजो धावनमार्गमा देखिएको चितुवा केहीबेरमा हराएको भनि चितुवा खोज्न करिव आधा घण्टा धावनमार्ग बन्द समेत गरिएको थियो ।
उक्त चितुवा ड्रेनमा छिरेको छ निकाल्न पर्यो भनि राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका कर्मचारी, सिकारी, प्रहरीले प्रयास गरेपनि सफल भने हुन सकेनन । ड्रेनवाट निकाल्न नसकेपछि ड्रेनको दुबैतिरको मुख बन्द गरेर राखिएको थियो । तर त्यो जन्तु चितुवा हो वा बन विरालो हो यकिन भने हुन सकेको थिएन ।’
विमानस्थल स्रोतको अनुसार ‘दिउँसोको समय जहाजहरुको अत्याधिक चाप हुने भएकोले उक्त जनावरलाई नियन्त्रणमा लिन सकिएन आजै मध्यरातमा हवाई आवा गमन बन्द भएपछि मात्रै नियन्त्रणमा लिने प्रयास गरिने छ भनिएको थियो ।
सोमबार धावनमार्ग नै बन्द गरी चिनुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो । आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो ।
तर, विमानस्थलमा चितुवा खोज्दा स्याल भेटिएको छ भन्ने खबर आजको नयाँ पत्रिका दैनिकले समेत छापेको छ
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक