मेट्रो दैनिक २२ चैत, काठमाडौं ।
सोमबार बिहान ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चितुवा देखिएको भनि ठुलै हँगमा मच्चियो । हिजो धावनमार्गमा देखिएको चितुवा केहीबेरमा हराएको भनि चितुवा खोज्न करिव आधा घण्टा धावनमार्ग बन्द समेत गरिएको थियो ।
उक्त चितुवा ड्रेनमा छिरेको छ निकाल्न पर्यो भनि राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका कर्मचारी, सिकारी, प्रहरीले प्रयास गरेपनि सफल भने हुन सकेनन । ड्रेनवाट निकाल्न नसकेपछि ड्रेनको दुबैतिरको मुख बन्द गरेर राखिएको थियो । तर त्यो जन्तु चितुवा हो वा बन विरालो हो यकिन भने हुन सकेको थिएन ।’
विमानस्थल स्रोतको अनुसार ‘दिउँसोको समय जहाजहरुको अत्याधिक चाप हुने भएकोले उक्त जनावरलाई नियन्त्रणमा लिन सकिएन आजै मध्यरातमा हवाई आवा गमन बन्द भएपछि मात्रै नियन्त्रणमा लिने प्रयास गरिने छ भनिएको थियो ।
सोमबार धावनमार्ग नै बन्द गरी चिनुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो । आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो ।
तर, विमानस्थलमा चितुवा खोज्दा स्याल भेटिएको छ भन्ने खबर आजको नयाँ पत्रिका दैनिकले समेत छापेको छ
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र