पार्टी संचालन गर्न र अरु भन्दा फरक बन्न नयाँ शक्तिको नयाँ आर्थिक योजना

२३ चैत, काठमाडौं । चुनावको मुखमा डा. बाबुराम भट्टराई नेतृत्वमा नयाा शक्ति पार्टी आर्थिक संकटमा परेको छ । पार्टी गठनको घोषणा भएको झण्डै ९ महिनामै पार्टीलाई ११ लाख बढी ऋण लागिसकेको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय परिषद् बैठकमा पेश भएको आय-व्यय विवरण अनुसार पार्टीमा झण्डै १३ लाख ऋण छ । बैठकका क्रममा साढे ६ लाख उठेको थियो, जसबाट करिव २ लाख रुपैयाँ बचत भएको छ । यसरी हेर्दा अहिले पार्टी झण्डै ११ लाख ऋणमा रहेको नेताहरुले बताएका छन् ।

बैठकमा संयोजक डा. बाबुराम भट्टराईले पेश गरेको ‘निर्वाचनको तयारी सम्बन्धी कार्ययोजना’मा पनि पार्टी आर्थिक संकटमा रहेको उल्लेख छ । उनले भनेका छन्, ‘हामी आर्थिक संकटमा छौं । यस्तो संकट केन्द्रमा मात्र होइन, स्थानीय तहसम्म नै छ । हामी निर्वाचनमा सहभागी भइरहँदा आर्थिक स्रोत अझ धेरै आवश्यक पर्ने पक्का छ ।’

सिद्धान्तको शुद्धताले मात्रै व्यवहार प्रभावकारी नहुने भन्दै उनले कतै बढी नै सिद्धान्तवादी त भएनौं ? भन्ने प्रश्न उठाउँदै यसबारे समीक्षा गर्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् ।

सदस्यतालाई आर्थिक श्रोतको आधार बनाउने, सहयोग र स्वेच्छिक चन्दालाई पारदर्शी गर्ने, पार्टीलाई उत्पादनमा जोड्दै लैजाने पार्टीको प्रतिवद्धता भएको भन्दै डा. भट्टराईले भनेका छन्, यहाँसम्म आइपुग्दा सोचेजसरी पार्टीलाई उत्पादनमा जोड्न सकिएको छैन ।

पार्टी सञ्चालनको निम्ति न्यूनतम आर्थिक सहयोग जुटाउन पनि सकिएको छैन । अर्कोतिर न त लेबी व्यवस्थित गर्न सकिएको छ, न त पार्टीका नेतृत्व पंक्तिले गर्ने भनिएको स्वैच्छिक सहयोग नै पूर्णरुपमा संकलन भएको छ ।’

डा. भट्टराईको प्रतिवेदनमा निर्वाचनबाट मुख्य शक्तिको रुपमा स्थापित नभई ‘असल राजनीतिका लागि लगानी’ भनेर मात्रै जनताले लगानी नगर्ने निष्कर्ष निकालिएको छ ।

जनताले लगानी गर्ने स्तरको पार्टी बनाउन नसक्दासम्म लेवीलाई व्यवस्थित गर्ने र सक्ने अभियन्ताहरुले निःस्वार्थ भावले आर्थिक सहयोग गर्ने विधिको विकल्प देखिादैन’ उनले भनेका छन् ।

सातबुँदे आर्थिक नीति

नयाँ शक्तिले आर्थिक व्यवस्थापनका लागि सातबुादे नीति अघि सारेको छन् । जसमा पार्टीको झाण्डा लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने र विदेशमा बिक्री गर्ने योजना समेत छ ।

यस्तै सात प्रदेशमा सातवटा भव्य साँस्कृतिक कार्यक्रम गर्ने पनि नयाँ शक्तिको योजना छ । उसका प्रस्तावित सात बुँदा यस्ता छन्ः

१. मितव्ययिता र आत्मनिर्भरतालाई मुख्य नीति र शैली बनाउने । नियमित पार्टी सञ्चालनकालागि लेवीलाई प्रभावकारी बनाउने । आर्थिक व्यवस्थापनसँग सदस्यतालाई जोड्ने । यसका लागि अनिबार्य सदस्यता विवरण र सो वापत हुने शुल्कको हिस्सा केन्द्रीय समितिमा त्रैमासिक बुझाउने व्यवस्था गर्ने । यसले स्थानीय कमिटीहरुमा पनि आर्थिक स्रोत जम्मा हुनेछ ।

२. निर्वाचनमा पुराना शक्तिहरुले गर्ने फजुल खर्च, तडक-भडक, किनबेच, भ्रष्टाचार आदिसँग प्रतिस्पर्धा गर्ने नभई मितव्ययिता, स्वच्छता, पारदर्शिता, आत्मनिर्भरतामा जोड दिने । न्यूनतम खर्चको व्यवस्थापनको निम्ति आफ्नै पार्टीपंक्ति, शुभेच्छुक र आम जनतासँग विधिसम्मत र पारदर्शी ढंगले विशेष सहयोग संकलन गर्ने ।

३. विभिन्न सहयोगीहरुबाट सहयोग उठाउने कामलाई नियमित गर्ने । एकजनाबाट धेरै रकम नभई धेरै जनाबाट थोरैथोरै रकम भए पनि लिने नीति लिने । मुठि्ठदान जस्तो वैकल्पिक विधिहरु प्रयोग गर्ने । यस्तो सहयोगलाई जोरजबरजस्ति नगर्ने र आर्थिक सहयोग दिनेलाई धन्यवाद दिने र पछि खर्च सार्वजनिक गर्ने ।

४. पार्टीका झण्डा, लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने उत्पादनमुखी काम गर्न आर्थिक प्रबर्द्धन शाखा वा पार्टी सहयोगीहरुबाट सुरु गर्ने गराउने । जसलाई पार्टी कार्यकर्ता शुभेच्छुकहरु लगायत विदेशमा बिक्री गर्ने र सो वापत आम्दानी गर्ने ।

५. सात प्रदेशमा सात वटा भव्य साँस्कृतिक कार्यक्रम गर्ने । यसमा पार्टी शुभचिन्तक, सदस्य, सेलीबे्रटीहरुले प्रदर्शन र प्रस्तुति दिने ।

६. प्रवास प्रदेशले निर्वाचन प्रयोजनका लागि आफ्ना मातहतका कमिटीहरुलाई आर्थिक सहयोगका लागि बिशेष अपील गर्ने ।

७. केन्द्र, प्रदेश, जिल्ला तहमा आर्थिक स्रोत परिचालन समिति बनाएर प्रभावकारी कार्यसम्पादन गर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि