धुर्मुस सुन्तली फाउण्डेशनलाई मिल्यो २ करोड सहयोग

dhurmus-suntali-foundation-help-musahar-basti-bardibas-09धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिन बांकि रहदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ ।

धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक अभाव नहोस भन्दै भुकम्प पछाडी पिडितहरुकालागि सहयोग प्रदान गदै आएको एसोसिएसन अफ नेपली ईन मिनेसोटाले उक्त सहयोग रकम फाउण्डेशनलाई प्रदान गरेको हो ।
सहयोग रकम हस्तान्तरणका लागि उक्त एसोसिएसनबाट नेपाल आउनुभएका एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझि र स्विटी सिंह श्रेष्ठले निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ लाई सहयोग हस्तान्तरण गरेका हुन् । बस्तीमा बनिरहेको घरको तारिफ गदै रायमाझिले साँच्चै नमुना र चमत्कारी काम भएको बताए ।

dhurmus-suntali-foundation-help-musahar-basti-bardibas-01 सहयोग रकम हस्तान्तरण पछि पत्रकारहरुसंग कुराकानी गदै रायमाझिले फाउण्डेशनलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

धुर्मुस सुन्तलीको कामबाट प्रभावित हुदै आफुहरुले फाउण्डेशनलाई सहयोग गरेको हो । फाउण्डेशनलाई सहयोग गरे आफुहरुले दिएको सहयोग दुरुपयोग नहुने भन्दै सहयोग गरेको एसोसिएसनका बोर्ड मेम्बर अनिल रायमाझिले बताए । धुर्मुस सुन्तलीको कामलाई आफुहरुले पहिलेदेखीनै हेरिरहेको बताउदै उनले भने ‘उहांहरु जस्तो मान्छेलाई सहयोग दिन पाउदा हामी निकै खुसी छौं ।’
उनले धुर्मुस सुन्तलीले निर्माण गरेको सिन्धुपाल्चोकको गिराञ्चौर एकिकृत नमुना बस्ती देखीनै संस्थाले सहयोग गर्न खोजेकोे बताए । ‘गिराञ्चौरमा सहयोग दिने कुराकानी गर्दा उहांहरुले फण्ड नै बन्द गरिसक्नु भएको रहेछ’ रायमाझिले भने ‘अहिले संस्थाकै पहलमा फाउण्डेशनलाई सहयोग दिन जुर्यो, हामी निकै खुसी छौं ।’

उनले सहयोग रकम हस्तान्तरण गदै फाउण्डेशनलाई आफ्नो एसोसिएसन सधै सहयोग गर्न तयार रहेको बताउदै अमेरिकाको बिभिन्न राज्यमा रहेका नेपालीहरु र संघ संस्थालाई ढुक्क भएर सहयोग गर्नका लागि समेत आग्रह गरे ।

फाउण्डेशनलाई दिएको सहयोग रकम दुरुपयोग नहुने बताउदै उनले एउटा बिश्वासिलो संस्थाका रुपमा फाउण्डेशन अगाडि आएकोमा खुसी ब्यक्त गरे । एसोसिएसनले अमेरिकाको मिनेसोटा राज्यमा रहेका नेपालीहरुबाट भुकम्प पछाडी संकलन गरेको सहयोग रकम बिभिन्न संस्थालाई प्रदान गरेको हो ।

संस्थाले फाउण्डेशनलाई दिएको सहयोगमा अनुमानीत २५ लाख बरावरको १९ सय जस्तापाता भने गोरखाको कुसुण्डे भन्ने ठाँउलाई दिनुपर्ने बताएको छ । ‘हामीहरु सधैं नै फाउण्डेशनलाई सहयोग गर्न तयार छौं’ एसोसिएसनकि स्विटी श्रेष्ठले भनिन् ‘सहयोग उठाउन सजिलो भएपनि कुन संस्थालाई दिने भन्ने अन्योलमा थियौं, धुर्मुस सुन्तली फाउडेशन जस्तो बिश्वासिलाो संस्थालाई सहयोग दिन पायौं, हामी निकै खुसी छौं ।’ फाउण्डेशनले गरेको कामको प्रसंसा गदै श्रेष्ठले धुर्मुस सुन्तलीलाई धन्यवाद दिदैं आगामि दिनमा पनि अझै राम्रो काम गर्नका लागि शुभकामना दिईन् ।

उहांहरु फाउण्डेशनले निर्माण गरिरहेको मुसहर बस्तीको निर्माण स्थलमै पुगेर सहयोग गर्नेको लागि मात्रै नेपाल आएका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले परियोजना सक्किन १० दिन बांकि हुदा आएको उक्त सहयोगले आफुहरुलाई हौसला मिलेको बताउदै उनले भने ‘ढुक्कले बस्ती हस्तान्तरण गर्न सक्ने भएका छौं, सहयोगका लागि मिनेसोटा बासी सहयोगीहरुलाई हृदय देखीनै धन्यवाद दिन चाहान्छौं ।’

‘परियोजना १० दिन बांकि रहँदा यति ठुलो सहयोग रकम आयो, जुन हामीले कल्पना समेत गरेका थिएनौं’ उनले भने ‘सत्कर्म गदै अगाडि बड्दा सहयोग जुट्ने रहेछ ।’ बस्ती निर्माणका लागि आर्थिक तथा श्रम सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिदैं कट्टेलले फाउण्डेशनले बस्ति निर्माणका लागि राखेको अनुमानीत रकम पुरा भएको समेत घोषणा गरेका छन् ।

५० वटा घर बनाउने भनिएपनि अहिले ५३ वटा घर बनेको बताउदै अध्यक्ष कट्टेलले बैसाख १ गते बस्ती हस्तान्तरण समारोहमा उपस्थितीको लागि समेत आग्रह गरेका छन् । एसोसिएसन अफ नेपाली ईन मिनेसोटालाई सन् २००३ अमेरिकाको मिनेसोटा राज्यमा बसोवास गर्ने नेपालीहरुको समुहले नेपाली कला र संस्कृतिलाई जोगाउनका लागि स्थापना गरेका थिए । संस्थाले भुकम्प पछाडी दुखमा परेका नेपालीहरुलाई सहयोग गरिरहेको छ । एसोसिएसनले यसअघि पनि रेडक्रस, हेल्थकेयर तथा धादिङ्गमा स्कुल निर्माण लगायतका क्षेत्रमा सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो