अवदेखि काठमाडौंमा हर्न बजाउने सवारीलाई ५ हजार जरिवाना

 
 horn-768x432

२ अवस्थामा मात्रै हर्न बजाउन छुट

 
4.1K
SHARES
                  २१ चैत, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाको पहलमा अाइतबार बसेको सरकारी सरोकारवाला निकायको बैठकले काठमाडौंलाई अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा परिणत गर्ने निर्णय गरेको हो ।

अब ०७४को वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी ईश्वरराज पौडेलले बताए ।

यदि हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।
बैशाख १ देखि सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउने पौडेेलले बताए ।

२ अवस्थामा हर्न बजाउन छुट

सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त  मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

‘अब यो ब्यवस्था लागू गर्न वैशाख १ सम्म हामी सचेतनाका विभिन्न कार्यक्रम चलाउँछौं’ कार्यकारी पौडेलले भने,’अटेर गर्नेलाई कडा कारवाही हुन्छ ।’

उनले काठमाडौं छिर्ने सवारी, बाहिरिनेक्रममा रहेका सवारी र उपत्यकाभित्र गुड्ने सवारीका हकमा यो निर्णय लागु हुने बताए ।
आइतबार पौडेलसहित काठमाडौंमा प्रजिअ हिमनाथ दवाडी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामा, यातायात ब्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराई सहित काठमाडौंमा सडक डिभिजनका प्रमुखहरुको बैठकले यो निर्णय लिएको हो ।

‘सडकमा हर्न बजाएर जथाभावी हुँइकिने सवारीले दुर्घटना बढाए । हर्नले यहाँ ध्वनी प्रदुषणा पनि ज्यादै बढायो । खाली सडकमा पनि आँखै नहेरी हर्न बजाउँदै कुद्ने सवारीलाई नियन्त्रण नगरी नहुने देखिएकाले यो निर्णय गरेका हौं’ कार्यकारी पौडेलले भने ।

यो निर्णय पछि काठमाडौंको साँघुरो र चापयुक्त सडकमा सवारी ब्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै यसले ध्वनी प्रदुष नियन्त्रण भएर सर्वसाधारणलाई पनि सहज हुनेछ ।

शहरको कोलाहल पनि घट्नेछ भने हर्नकै भरमा सवारी दौडाउने र दुर्घटना गराउने जोखिम घट्ने अपेक्षा गरिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो