त्रिभुवन विमानस्थलको रन-वे पुनर्निर्माणः रातभर काम, विहान तमाम

२० चैत काठमाडौं । धाँजा फाट्ने समस्या भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रन-वे) र ट्याक्सी-वेलाई पूर्ण रुपमा उप्काएर मर्मतसहितको पुनर्निमाण गरिँदैछ । पुनर्निर्माणका क्रममा ठूलो समस्या नआए विमान उडान र अवतरणमा एक दिन पनि समस्या नआउने दावी विमानस्थलको छ ।

तर, धेरैको जिज्ञासा छ जतिबेला पनि चापमा रहने विमानस्थलको एउटै मात्रै धावनमार्गलाई कसरी पूर्णरुपमा पुनर्स्थापना हुने गरी फेरि बनाउन सम्भव होला ?

यो प्रश्नमा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्याय भन्छन्-हामी रातभरि काम गर्छौं, बिहान धावन मार्गमा तयार गरेर धावनमार्गलाई सुचारु गरिसक्छौं ।’

कसरी गरिनेछ काम ?

उपाध्यायका अनुसार १ वर्ष भन्दा बढी लगाएर विमानस्थलको धावनमार्गलाई पूर्ण रुपमा नयाँ बनाइनेछ । निर्माण सकाउँदा अहिलेको कालोपत्रेलाई सबै उप्किएर नयाँ बिछ्याइनेछ ।

अब अहिलेको धाँजा फाट्ने समस्यालाई हटाउन अब धावनमार्गलाई भित्रैबाट पुर्नस्थापना गरेको छ । अर्थात यसलाई भित्रैबाट खोतलिनेछ र त्यसमा आवश्यक नयाँ निर्माण सामाग्री राखिनेछ ।


‘भित्र भ्वाङहरु परेको हुनसक्छ । लामो समयदेखि सञ्चालनमा रहेको धावनमार्गको भित्री भागमा साना/ठूला छिद्रहरु पनि हुन सक्छन् । त्यसैले भित्रैबाट धावनमार्गको भित्री भू-बनोटलाई नै वैज्ञानिक ढंगले आवश्यक नयाँ निर्माण सामग्री राखेर पुर्नस्थापना गरिनेछ ।

पुरानो निर्माण समाग्रीलाई हटाएर काम हुनेछ । खनिएको भागलाई भरपर्दो गरी पुरेपछि मात्रै धावनमार्गको माथिल्लो भागमा कालोपत्रे हुनेछ ।

रातभर काम, विहान तमाम

महाप्रवन्धक उपाध्याकाअनुसार यो काम गर्न राति १२ बजेपछि मात्रै सुरु हुनेछ । विमान ६ बज्दा विमानस्थल फेरि सञ्चालनका लागि योग्य भइसक्नेछ । एक रातमा धावनमार्गको ५ वा अवस्था हेरेर १० मिटरसम्ममा मात्रै काम हुन सक्छ ।

यो काम गर्न उपकरण, जनशक्ति र प्रविधिक दक्ष र स्तरीय नै आवश्यक हुने उनले बताए । रातभर काम गरेपछि विहान उडान सुरु हुने बेलासम्म खनिएको धावनमार्गको भाग पुनस्र्थापना गरेर तयार गरिसक्नुपर्नेछ ।

अहिले राति १२ बजेसम्म विमानस्थल खुला हुन्छ । त्यसपछि मात्रै विमानस्थलको धानवमार्ग खोतल्ने काम सुरुहुनेछ । १२ बजेपछि काम सुरु भएर विहान ४ बजे धावनमार्गको भत्काइएको भागमा कालोपत्रे गरिसक्नुपर्छ ।

‘बढीमा पनि २ घण्टाभित्र राम्रोसँग सेट भइसक्ने बिटुमिन (अलकत्रा) विमानस्थलको नयाँ धावनमार्गमा प्रयोग गरिनेछ’ महाप्रवन्धक उपाध्यायले भने,’जति मिटर धावनमार्ग खोतलिनेछ, त्यति नै मिटर विहानसम्म नयाँ बनाएर तयार राखिसक्नुर्नेछ ।’

विमानस्थल अवरुद्ध हुने जोखिम

विमानस्थलका अनुसार यो काम कम्ता चुनौतीपूर्ण हुने छैन । धावनमार्ग पुर्नस्थापनाका क्रम सानो समस्या आएपनि उडान अवतरण प्रभावित हुनसक्ने नागरिक उडड्यन सम्बद्ध अधिकारी बताउँछन् ।

‘राति धावनमार्गको निश्चित भाग खनेपछि कालोपत्रे गर्नुअघि ठूलो बर्षा भए त्यसले विमानस्थल नै अवरुद्ध पनि हुन सक्छ’ एक बरिष्ठ उडड्यन अधिकारी भन्छन्-‘यो काम गर्दा सानो हेल चक्र्याइँ गरे ठूलो समस्या वा दुर्घटना बेहोनुपर्ने पनि हुनसक्छ ।’

त्यसैका यसका लागिग ठेकेदारको छनोटमा प्राविधिक र उपकरणका हिसाव बलियो र काम गर्न सक्षम कम्पनी छनोट गर्नुपर्ने ती अधिकारीको भनाइ छ । अहिले मेलम्चीको लागि पाइप खन्दा ठेकेदारहरुले खाल्डा नपुरेर गरेको बदमासी त्यहाँ स्वीकार्य हुनै नसक्ने भएकाले परामर्शदाताको निगरानीमा रहेर काम गर्न जरुरी रहेको उनले बताए ।

‘यो काम गर्दा समस्याहरु पक्का पनि आउनेछ । तर, त्यसलाई ब्यवस्थापन गर्न अहिले नै पूर्वयोजनाहर बनाउनुपर्छ । नत्र भोलि एउटै अन्तर्राष्ट्रिय विमानस्थल घटौं अबरुद्ध भए त्यसले ठूलो समस्या सिर्जना गर्न सक्छ’ ति अधिकारी भन्छन्-‘ठेकेदारले सानो बदमासी गरे विमानस्थलको धावनमार्ग पनि कमसल बन्न सक्छ,त्यसैले त्यतापट्टी पनि अहिलेदेखि नै ध्यान पुर्‍याउनुपर्छ । उडड्यन क्षत्रेमा सानो बदमासीले पनि ठूलो क्षति गर्छ भन्ने भुल्नु हुँदैन ।’

विमानस्थल भन्छः पूर्वतयारी गर्छौं

विमानस्थलका प्रमुख उपाध्याय भने यो कामका लागि सक्षम ठेकेदार छनोट हुने बताउँछन् । विमानस्थलको धावमार्ग पुर्ननिर्माण गर्नु अघि ६ महिना समय दिए ठेकेदारलाई आवश्यक उपकरणसहित सबै आवश्यक निर्माण सामाग्री ल्याउन समय दिने बताए ।

ती निर्माण सामाग्रीलाई परामर्शदता र इञ्जिनियरहरुले विमानस्थलको निर्माणका लागि उपयुक्त भएको प्रमाणित गरेपछि मात्रै काम सुरु गरिने बताए ।

‘हामी समस्या आउन नदिने गरी नै काम गराउँछौं । यसका लागि हाम्रा परामर्शदता निर्माणको समयमा फिल्डमै बसेर काम गर्नेछन्’ उपाध्यायले भने-‘विमानस्थलमा अवरोध आउन नदिन हामी संवेदनशील भएर काम गर्छौं ।’ उनले पूर्वयोजना र तयारीका साथ काम हुने बताए ।

ठेकेदार छनोट अन्तिम चरणमा

यो धावनमार्ग पुनर्निर्माणका लागि आह्वान भएको बोलपत्रमार्फत ५ कम्पनी प्राविधिक सरुमा ‘सर्टलिस्ट’ भएका छन् ।

एक नेपालीसहित चार चिनियाँ कम्पनी छनोटमा परेका हुन् । ३ हजार ५० मिटर लामो धावनमार्गलाई नयाँ रुप दिन २ देखि ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

चीनका चाइना यरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ, चाइना हरबर इन्जिनियरिङ, वेइजिङ च्याङ्डो म्युनिसिपल इन्जिनियरिङ, चाइना जेभी अफ रेल्वे इन्जिनियरिङ सर्टलिस्टमा छन् । नेपालको स्वच्छन्द निर्माण सेवा कम्पनी पनि प्राविधिक रुपमा छनोट भएको छ ।

अब यी कम्पनीमध्ये एक कम्पनीले नै टेण्डरमा बाजी मार्नेछन् । छानिने कम्पनीले धावनमार्गसहिट ट्याक्सीमार्ग पनि मर्मत गर्नेछ ।

अहिले १८ घन्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थल यो काम सकेपछि २४ घण्टा नै सञ्चालनका लागि योग्य हुनेछ ।

अहिले विमानस्थलमा धावनमार्गमा बेला-बेलामा कालोपत्रे फाट्दा विमानस्थलमा उडान/ अवतरणका समस्या आउने गरेको छ । धावनमार्गको पुनस्र्थापना भएपछि यो समस्या हट्ने दाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको