२० चैत, नवलपरासी । चितवन जिल्लाले नारायणी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाएपछि नवलपरासीका साविकका दर्जन बढी गाविस बाढीको उच्च जोखिममा परेका छन् ।
चितवन जिल्ला विकास समितिले ठेक्का लगाएका कारण नवलपरासीका नारायणी नदी छेउका यी गाविस बाढीको जोखिममा परेका हुन् ।
ठेकेदारले नदीजन्य पदार्थ निकाल्दा नारायणी नदीको बहाव पश्चिमतर्फ फर्काएपछि नवलपरासीका दर्जन गाविस कटान र डुबानको उच्च जोखिममा छन् ।
नारायणी नदीको बहाव परिवर्तन गराएर नदीजन्य पदार्थ निकालिएपछि स्थानीय अक्रोशित बनेका छन् । नदीको बहाव परिवर्तन भएपछि नदी साविकको स्थानभन्दा पश्चिम नवलपरासीतर्फ हानिएको छ ।
नदी पश्चिमतर्फ हानिएपछि नवलपरासीका साविक गैँडाकोट, पिठौली, रजहर अग्र्यौली, कुमारवर्ती, नारायणी, त्रिवेणी सुस्ता, नरसही, कुडिया, गुठी सूर्यपुरा, मुकुन्दपुर, अमरापुरी, दिब्यपुरी, प्रगतीनगर, कावासोती, कोलुवा, पक्लीहवालगायतका एक दर्जन गाविस डुबान र कटानको उच्च जोखिममा परेका हुन् ।
मनपरि नदीजन्य पदार्थ निकाल्ने ठेकेदार र जिविस चितवनलाई कारबाही गर्नुपर्ने, नदीको बहाव पुरानै स्थानमा लैजान स्थानीय नदी छेउका मानिसले माग गर्दै विभिन्न सरोकारवाला सरकारी कार्यालयमा निवेदन दिइएको स्थानीय गङ्गा पाण्डेले बताए ।
गण्डक नदीको पीडा खेप्दै आएका त्रिवेणी दक्षिणका बासिन्दालाई थप क्षति हुने निश्चित छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष