April 2, 2017

आजका पत्रपत्रिकाहरुमा के के छापिए ?

 

nagarik-768x1205 

२० चैत, काठमाडौं । आजका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्वाचन आयोगले आजदेखि थाल्ने मतपत्र नामावली र परिचयपत्र छपाईको कामलाई मुख्य खबर बनाएका छन् । रेलमा चीनको उच्च चासो, सरकार-मधेसी मोर्चा वार्ताको पछिल्लो प्रगतिलगायत खबर पनि पत्रिकाहरुको उत्तिकै प्राथमिकतामा परेको छ । सरकारी निकायहरुले नै खानेपानीको बिल नतिरेको विषय केही पत्रिकाले जोडदारका साथ उठाएका छन् ।

गोरखापत्र दैनिकले ‘मतदाता नामावली र परिचयपत्र छपाइ आजदेखि’ शीर्षक राखेर nayapatrika-768x1174मुख्य खबर लेखेको छ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन टुंगाउने प्रयास गरिरहेको भनेर व्यक्त गरेको अभिव्यक्तिदेखि देउवाले निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षलाई गरेको आग्रहसम्मका खबर गोरखापत्रको पहिलो पृष्ठमा अटाएका छन् ।
नयाँ पत्रिका दैनिकले सरकार र मोर्चा कति नजिक, कति टाढा भएको विषय उठाएको छ । यो वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत भएको जानकारीका साथै म्यादी प्रहरीको पोसाक अन्योलमा परेको विषय नयाँ पत्रिकाको प्राथमिकतामा परेको छ ।

नागरिक दैनिकले रेलमा चीनको उच्च चासो राखेको विषयलाई मुख्य खबर बनाएको छ ।

राजधानी देीनकले प्रधानमन्त्री प्रचण्ड सहमतिको अन्तिम कसरतमा जुटेको बताएको छ । ‘पहिचानमै समस्या, आयोगले माग्यो परिभाषा र विवरण’ शीर्षकमा अर्को खबर लेखेको राजधानीले प्रहरीमा निरााशा छाएको अर्को खबर पनि पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुरले मतदाता छपाइ भोलिदेखि हुने खबर लेखेको छ । मलेसियामा ५ लाख नेपाली मारमा परेको, वैद्यले निर्वाचनमा भाग लिने विचार राखेको र केही सरकारी विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गरेको खबर पनि उसले विभिन्न शीर्षकमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्