गैर दलितको भान्छा छोएको निहुँमा ९ बर्षीय बालकमाथि निर्घात कुटपिट

गैर_दलितको_भान्छा_छोएको_निहुँमा_९_बर्षीया_बालकमाथि_निर्घात_कुटपिट8968-262x300सुर्खेत । गैर दलितको भान्छा छोएको निहुँमा सुर्खेतमा एक दलित बालकलाई  निर्घात कुटपिट गरिएको छ। सुर्खेत बराहगाउँपालिका-८ कुनाथरीका कक्षा ३ मा अध्ययनरत ९ वर्षिय भीमबहादुर विकलाई भान्छा छोएको निहुँमा छिमेकी भरत शाही र बाटु शाहीले कुटपिट गरेका हुन्।

भीमबहादुरका आमा जयसराका अनुसार उनीहरुले पहिला घरभित्र सामान ल्याउन पठाएर पछि किन भान्छा छोइस भन्दै लौरोले कुटेका थिए। जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी जयसराका अनुसार छोरालाई बेहोस हुनेगरी कुटपिट गरी घरमा लगेर छोडेका थिए।

आफु गोठालो गएको र घरमा फर्किदा छोरो घरमा बेहोस अवस्थामा भटिएको उनले बताइन्। भीबहादुलाई भरत शाहीले निल डाम बस्ने गरी बिहीबार साँझ कुटेका थिए। कुटिएको छोरालाई राती घरमा घरेलु औषधी गरेको र शुक्रबार मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाँउ सुर्खेतमा पुर्याएर उपचार गरिरहेको उनले जानकारी गराइन्।

पिटाइपछि भिमबहादुर अझै राम्रो हिड्डुल गर्न नसक्ने अवस्थामा छन्।  उनले जातिय छुवाछुत विरुद्ध न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन्। पिडक पक्षले भने यसबारे अहिलेसम्म केहि प्रतिक्रिया जनाएको छैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका