April 1, 2017

प्रेमिकाले बिहे गर्न नमानेपछि ….

वीरगन्ज – बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन्। पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रिना यादवको हत्या उनकै प्रेमी वीरगन्ज २७, बहुअरीका शैलेश यादवले गरेका हुन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

वीरगन्ज उपमहानगरपालिका १४ श्रीपुरस्थित रेणुका घिमिरेको घरमा डेरा लिएर बस्दै आएकी रिना गत चैत ८ गते बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन्। रिनाको हत्या उनलाई एकतर्फी रूपमा प्रेम गर्ने शैलेशले गरेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए ।

जनकपुर घर भएकी रिनाकी दिदीको देवर अमेसरकामा बस्दै आएका छन्। रिनाका बुबाआमाले अमेरिकामा बस्दै आएका रिनाकी दिदीको देवरसँग नै रिनाको बिहे गर्ने पक्कापक्की गरिसकेका थिए। रिनाले पनि दिदीको देवरलाई मन पराउँदै आएकी थिइन्।

केही समयदेखि सामाजिक सञ्जालमार्फत रिनासँग चिनजान गरेका शैलेशले पनि रिनालाई मन पराउन थालेका थिए। श्रीपुरस्थित रिनाको डेरामा उनलाई भेट्न शैलेश बारम्बार आउने गर्थे । रिनालाई आफूले मन पराएको भन्दै शैलेशले बिहेको प्रस्ताव पनि राखेका थिए। तर रिनाले भने आफूले अमेरिकामा रहेका दिदीको देवरसँगै आफूले बिहे गर्ने भन्दै शैलेशको प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन्।

गत चैत ७ गते साँझ रिनाको डेरामा गएका शैलेशले आफूसँग बिहे गर्न पुनः प्रस्ताव राखेको तर रिनाले अस्वीकार गरेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानक्रममा पुष्टि भएको जानकारी प्रहरी नायब उपरीक्षक जोशीले दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित